Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड मोदी हाइड्रोपावरको १७ लाख २५ हजार कित्ता सेयर साधारण शेयर बजारमा आउँदै

सोमबार, ०९ फागुन २०७३, १० : ५३ मा प्रकाशित

युनाइटेड मोदी हाइड्रोपावरको १७ लाख २५ हजार कित्ता सेयर साधारण शेयर बजारमा आउँदै

अर्थ संसार 
काठमाडौं–  आफूसँग भएको पैसा शेयरमा लागनी गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यही फागुन १९ गते देखि युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । प्रति कित्ता रू. १०० अंकित मूल्य रहेको शेयरको निष्कासन गर्ने भएको हो ।

जम्मा ३ दिनसम्म निस्कासन हुने साधारण कित्ता शेयर लगानीकर्ताले फागनु २३ गतेसम्म आवेदन गर्न पाउनेछन् । निष्कासन जम्मा कित्तामध्ये ३४ लाख ५ सय वटा कित्ता साधारण शेयर कम्पनीको कर्मचारीहरुलाई र ८६ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । 

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । लागनीकर्ताले विक्री प्रबन्धकका साथमा नेपाल इन्भेष्टमेण्ट बैङ्क, लाजिम्पाट, ग्रीन डेभलपमेन्ट बैङ्क, बागलुङ्, भिबोर क्यापटल, कृष्णगल्ली, सि.वि.आई.एल, डिल्लीबजार, गोर्खाज फाइनान्सका

युवा तथा साना व्यवसायी स्वरोजगार कोष लगायत आधा दर्जन भन्दा बढी कम्पनीमा कर्मचारी आवश्यकता (विज्ञापनसहित) 

शाखा कार्यालय, गुहेश्वरी फाइनान्सका शाखा कार्यालय, आईसिएफसि फाइनान्सका शाखा कार्यालय, सिनर्जी फाइनान्सका शाखा कार्यालय, हाम्रो विकास बैङ्क, विदुर र साझा विकास बैङ्कका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम १५,००० कित्ता सम्म आवेदन दिन सक्नेछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको