Like us!
Follow us!
Connect us!
Watch us!

पब्लिक क्याम्पस संघ अध्यक्षमा सञ्जेल निर्वाचित

अर्थ संसार

सोमबार, ०४ कार्तिक २०७६, १७ : १४ मा प्रकाशित

पब्लिक क्याम्पस संघ अध्यक्षमा सञ्जेल निर्वाचित

अर्थ संसार, काठमाडौं– नेपाल पब्लिक क्याम्पस संघको केन्द्रीय अध्यक्षमा शिवराज सञ्जेल निर्वाचित भएका छन् ।

आइतवार सम्पन्न संघको ११औं महाधिवेशनबाट प्रतिस्पर्धी सत्रुघ्न प्रसाद गुप्तालाई पराजीत गर्दै सञ्जेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

नव निर्वाचित अध्यक्ष सञ्जेल त्रिवि सिनेटर तथा ललितपुरस्थित जनभावना क्याम्पसका क्याम्पस प्रमुख हुन् ।

देशभरका ५ सय ३२ सामुदायिक क्याम्पसहरुको छाता संस्था नेपाल पब्लिक क्याम्पस संघको अधिवेशनबाट ४३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

समितिको उपाध्यक्षमा डा। अम्बु भवानी कार्की, प्रदिप कुमार कटुवाल र रामभक्त सिग्देल निर्वाचित भए ।

त्यसैगरी, महासचिवमा मुक्तिराम पाण्डे, उप महासचिवद्धयमा नारायणप्रसाद पौडेल र गोविन्दबहादुर कार्की तथा कोषध्यक्षमा सुरेन्द्र अधिकारी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष सञ्जेलका अनुसार प्रदेश संयोजकहरूमा प्रदेश १ वाट सुदूरपश्चिम प्रदेशसम्ममा क्रमशः रमेशचन्द्र रोक्का, प्रभु राउत पटेल, सागरमणि तिवारी, महाप्रसाद हडखले, मित्रलाल न्यौपाने, वकिल बस्नेत र जगदीश भट्ट निर्वाचित भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको