Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेडले रोक्यो लिभरपुलको लगातार जितको यात्रा

मिलन खड्का

सोमबार, ०४ कार्तिक २०७६, ०८ : ३४ मा प्रकाशित

युनाइटेडले रोक्यो लिभरपुलको लगातार जितको यात्रा

अर्थ संसार, ओल्ड ट्राफोर्ड –इंग्लिस प्रिमियर लिग फुटबलको गत राती भएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल एकएक गोलको बराबरी सकिएको छ ।

 म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुलले सोचेको जस्तो खेल खेल्न सकेन। म्यानचेस्टरले अट्याकिङ खेल खेल्दै खेलको ३६ औं मिनेटमा मार्कोस राष्फोर्डले उत्कृष्ट गोल गरे।  पहिलो हाफको अन्तिम समयमा साडियो मानेले गोल गरे तर, ह्याण्डबल भन्दै गोललाई मान्यता दिइएन ।

अन्तिम समयमा केहि लयममा आएको लिभरपुलले खेलको ८५ औं मिनेटमा रोबर्टसनको पासमा एडम लालनाले बराबरी गोल फर्कायो र हार बाट जोगियो।
तर  लिभरपुको जितको यात्रालाई भने म्यानचेस्टरले रोकिदिएको छ। 

लिगको शिर्षस्थानमा रहेको लिभरपुलको २५ अंक रहेको छ । आठ खेलमा शत प्रतिशत नतिजा निकालेको लिभरपुल गत वर्षको च्याम्पियन म्यानचेस्टर सिटीभन्दा ६ अंकले अगाडि रहेको छ ।

९ खेलमा १० अंक जोडेको युनाइटेड १३ औं स्थानमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको