Like us!
Follow us!
Connect us!
Watch us!

विकाशोन्मुख देशका २० प्रतिशत बालबालिका चरम गरिबीको रेखामुनि

मंगलबार, १८ असोज २०७३, १४ : ०८ मा प्रकाशित

विकाशोन्मुख देशका २० प्रतिशत बालबालिका चरम गरिबीको रेखामुनि


अर्थ संसार 
काठमाडौं–विकाशोन्मुख राष्ट्रमा प्रत्येक ५ बालबालिकामध्ये १ जना चरम गरिबीको रेखामुनी रहेको एक प्रतिवेदनले देखाएको छ । 

विश्वभर ३५ करोडभन्दा बढी बालबालिका गरिबीको चरम रेखामुनी रहेको विश्व वैंक र युनिसेफको प्रतिवेदनलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ती मध्ये आधाभन्दा बढी बालबालिका सव साहारा अफ्रिकी मुलका छन् भने एक तिहाई बालबालिका दक्षिण एसियाका छन् ।

विकाशोन्मुख राष्ट्रका ती बालबालिका दैनिक २ डलरभन्दा कम आय भएका परिवारमा आश्रित रहेको प्रतिवेदनमा उल्लेख छ । युनिसेफको अध्ययन प्रतिवदेनमा भनिएको छ , ‘उनीहरु गरिबीको रेखामुनी मात्रै छैनन् ।

तिनलाई गरिवीको गहिरो असरसमेत परेको छ । उनिहरुको दिन निकै खराव बन्दै गईरहेको छ । यसले शरिर र मस्तिष्कमा समेत असर गरिरहेको छ ।’

युनिसेफ र विश्ववैंकले अति गरिबीको रेखामुनी रहेका बालबालिकालाई बढी सहायता गर्न विकाशोन्मुख राष्ट्रका सरकारलाई आव्हान गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको