Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंक र सिभिल लघुवित्तले घोषणा गरे लाभांश

अर्थ संसार

शुक्रबार, १० असोज २०७६, ०७ : ३५ मा प्रकाशित

मेगा बैंक र सिभिल लघुवित्तले घोषणा गरे लाभांश

अर्थ संसार, काठमाडौं मेगा बैंक लिमिटेड र सिभिल लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा गरेका छन् ।

मेगा बैंक 

मेगा बैंक नेपाल लिमिटेडले गत आवको मुनाफाबाट ११ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । असोज ८ गते सम्पन्न बैंकको सञ्चालक समितिको  बैठकले हाल कायम चुक्ता पुँजीको सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

भिडियो : किन अमृत रेग्मीले भने NLG INSURANCE को प्रतिवेदनलाई कतै नभाको जात्रा हाँडीगाउँमा? ।13th AGM Coverge

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल बैंकको चुक्तापुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार ४ सय ५३ रुपैयाँ रहेको छ ।

सिभिल लघुवित्त 

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

असोज ५ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको