Like us!
Follow us!
Connect us!
Watch us!

मालपोत कार्यालयमा अनलाइन सेवा

शुक्रबार, ०६ फागुन २०७३, १५ : ४५ मा प्रकाशित

मालपोत कार्यालयमा अनलाइन सेवा

अर्थ संसार 

पोखरा– जिल्ला मालपोत कार्यालय कास्कीले आज देखि अनलाइन सेवा शुभारम्भ गरेको छ । मुख्य सचिव डा सोमलाल सुवेदीले कास्की दाड सिड्कीकी लालकुमारी गौतम तथा घान्दु्रकका सोमबहादुर विक र वीरबहादुर विकलाई जग्गा धनी पुँजी  वितरण गरी सो सेवाको शुभारम्भ गर्नुभएको हो । 

अनलाइन सेवा शुभारम्भसँगै आजदेखि मालपोत कार्यालयमा रहेका जग्गाको अभिलेख प्रविधिमैत्री, चुस्त र दुरुस्त भएको बताइएको छ । 

सो अवसरमा मुख्य सचिव डा सुवेदीले अब सूचनाप्रविधिको युग भएकाले सार्वजनिक सेवाहरु पनि प्रविधिमैत्री हुनुपर्ने बताउँदै यो सेवाले सेवाग्राहीको काम छिटोछरितो र पारदर्शीरुपमा हुने विश्वास व्यक्त गरे । 

मालपोत कार्यालयमा हुने भनिएको किर्ते र जालसाजी जस्ता अनियमिततालाई रोक्न अनलाइन सेवाले मद्दत पुर्याउने बताए । 
भूमिसुधार तथा व्यवस्था सचिव कृष्णप्रसाद देवकोटाले यो सेवा शुभारम्भ भएसँगै जग्गाधनीले आफनो जग्गाको विवरण घरमै बसेर पनि जानकारी पाउनसक्ने धारणा राख्नुभयो । 

प्रमुख मालपोत अधिकृत चिरन्जीवी सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक यमकुमारी खतिवडा, भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक टीकाराम घिमिरे, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले अनलाइन सेवाको महत्वका विविध पक्षमाथि प्रकाश पारे  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको