Like us!
Follow us!
Connect us!
Watch us!

जलको वास्तविक अवस्था बुझ्न नेपाली टोली भारत र बङ्गलादेशमा

शुक्रबार, ०६ फागुन २०७३, १५ : ०५ मा प्रकाशित

जलको वास्तविक अवस्था बुझ्न नेपाली टोली भारत र बङ्गलादेशमा

 

नवलपरासी,– जलको वास्तविक अवस्था बुझ्न एक नेपाली टोली भारत हुँदै बङ्गलादेशको यात्रा सुरु गरेको छ । बाह्र सदस्यीय अनुगमन टोली भारत हुँदै बङ्गलादेशमा जान लागेको हो । 

बुधबार यहाँबाट प्रस्थान गरेकोे टोली अहिले भारत पुगेको टोलीमा सहभागी जलअभियानकर्मी नारायण भण्डारीले जानकारी दिनुभयो । अन्तरदेशीय नदीमा जल सुशासनका लागि जल पदयात्रा दुई साताको रहने छ । 

सो टोलीमा जल अभियानकर्मी, गण्डक पीडित समुदायका प्रतिनिधि, गण्डक क्षेत्रमा काम गर्ने सामाजिक सङ्घसंस्थाका प्रतिनिधि छन् ।

टोलीले भारत र बङ्गलादेशका जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न सक्ने जलसम्बन्धी सहयोगबारे छलफल गर्ने गण्डक नदी सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले जानकारी गराए । 

सो टोली एक देशबाट अर्को देश हुँदै बग्ने नदीको माथिल्लो तथा तल्लो तटीय अधिकारका लागि जागरण ल्याउने उद्देश्यले नेपालबाट भारत हुँदै बङ्गलादेशको राजधानी ढाकासम्म पुग्ने छ । भ्रमणका लागि नेपाली टोलीलाई एक्सन एडले आर्थिक सहयोग गरेको हो । 

विसं २०१६ मा भएको गण्डक सम्झौताअनुसार नेपाली पक्षले लाभ लिन नसकेको र पानीको बाँडफाँड सन्तुलित नभएको र भारतले सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको भन्दै सम्झौता कार्यान्वयनका लागि दबाब दिनसमेत सो अभियान गर्न लागिएको अध्यक्ष केवटले बताए । 

गण्डक क्षेत्रअन्तर्गत पर्ने ४० हजार हेक्टर क्षेत्रफल सिञ्चित हुनुपर्ने सम्झौतामा रहे पनि भारतले निर्माण भएको संरचनाअनुसार अहिले २५ हजार हेक्टर क्षेत्रफल मात्र सिञ्चित भइरहेकाले पूर्ण सिञ्चित क्षेत्र बनाउनका लागि पहल गर्नुपर्ने अवस्था छ ।  रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको