Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी विकासलाई मेगा बैंकले गर्ने भो प्राप्ती

मिलन खड्का

बुधबार, ०८ असोज २०७६, २० : १६ मा प्रकाशित

गण्डकी विकासलाई  मेगा बैंकले गर्ने भो प्राप्ती

अर्थ संसार, काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले गण्डकी विकास बैंक लिमिटेडलाई प्राप्ती गर्ने सैद्धान्तिक सहमति भएको छ । 

मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाह र गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले दुबै बैंकको सञ्चालक समितिका सदस्यहरु लगायत प्रमुख कार्यकारी अधिकृतहरुको रोहवरमा बुधबार सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको छ ।

यो प्राप्ती पश्चात् मेगा बैंकको पुँजी, व्यवसायको आकारका साथसाथै शाखा सञ्चालनमा बृहत वृद्धि भई देशकै एक ठूलो “क” वर्गको वाणिज्य बैंकको रुपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताउनुभयो । गण्डकी विकास बैंक लिमिटेडको शेयर रोक्काको प्रक्रिया लगायत नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गर्ने कार्य यथाशिघ्र अघि बढाईने उहाँले जानकारी दिनुभयो । 

आषाढ मसान्त २०७६ को तथ्यांक अनुसार दुबै बैंकको संयुक्त निक्षेपको आकार रु. १ खर्ब १२ अर्ब तथा कर्जा लगानीको आकार रु. ९८ अर्ब रहेको र हालको शाखा संख्या १९१ पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको