Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकले दिनेभयो २० प्रतिशत बोनस, ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

शुक्रबार, ०६ फागुन २०७३, १३ : ४७ मा प्रकाशित

गरिमा विकास बैंकले दिनेभयो २० प्रतिशत बोनस, ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

अर्थ संसार 
काठमाडौं– गरिमा विकास बैंकमा लगानी गर्ने लगानीकर्ताहरुलाई खुसीको खबर छ । खुसीको खवर यो हो की बैंकको (आज) शुक्रबार बसेको दशौंँ साधारणसभाले शेयरधनीलाई २० प्रतिशत बोनस दिने भएको छ । 

साथै आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस तथा ७० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गर्दैछ ।

माघ २० गतेसम्म कायम शेयरधनीले बैंकको बोनस प्राप्त गर्नसक्नेछन् । त्यस्तै हकप्रद शेयर भने साधारण सभाबाट प्रस्ताव पारित भए पछि स्वीकृतिका लागि बैंक धितोपत्र बोर्डमा जानेछ । धितोपत्र बोर्डबाट हकप्रद स्वीकृत भएपछि बैंकले अर्को बूकक्लोज गरी हकप्रद निष्काशन गर्नेछ ।

हाल एक अर्ब आठ करोड चुक्तापूँजी रहेको बैंकको २० प्रतिशत बोनस शेयर वितरण पछि चुक्तापूँजी एक अर्ब २९ करोड पुग्नेछ र बोनसपछि कायम पूँजीमा ७० प्रतिशत हकप्रद बिक्री गरेपछि पूँजी दुई अर्ब १९ करोड पुग्ने देखिन्छ ।गरिमाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ९५ लाख खुद मुनाफा कमाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको