Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंमा हुने एशीयाली श्रमिक सम्मेलनको एतिहासिक महत्व छ

अर्थ संसार

मंगलबार, ०७ असोज २०७६, १० : २७ मा प्रकाशित

काठमाडौंमा हुने  एशीयाली श्रमिक सम्मेलनको एतिहासिक  महत्व छ

विश्वका श्रमिकहरुको अन्तर्राष्ट्रिय ट्रेड यूनियन केन्द्र,विश्व ट्रेड युनियन महासंघ (डब्लुएफटियू) को एशीया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी २०७६ असोज ७ र ८ गते तदनुसार २४ र २५ सेप्टेम्बर २०१९ मा काठमाडौंमा हुदैछ, यसै सन्दर्भमा सम्मेलनको तयारी, विश्व ट्रेड यूनियन महासंघका गतिविधि, सम्मेलनको मूलनारा, नेपालको श्रम आन्दोलन र अबको बाटोका बारेमा सम्मेलन व्यवस्थापन समितिका संयोजक, विश्व ट्रेड युनियन महासंघ प्रेशीडेन्सीयल काउन्सील सदस्य, नेपालका संयोजक तथा पेशागतमहासंघका बरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनालसँग गरिएको कुराकानी)

विश्व ट्रेड यूनियनमहासंघको एशीयप्रशान्त क्षेत्रीय सम्मेलनको तयारीमा जुटी रहनु भएको छ, प्रथमतः यस महासंघका बारेमा केहीबताई दिनु हुन्छ की?

विश्व ट्रेड यूनियनमहासंघ संसारभरकाप्रगतीशील एबं समाजबादीबिचार पक्षधरश्रमिकहरुको अन्तर्राष्ट्रीय ट्रेड यूनियन केन्द्र हो । यो महासंघको स्थापना दोश्रो बिश्वयुद्धको अन्त्य  पछि बिश्वश्रमिकआन्दोलनलाई पुर्नब्यबस्थित गर्ने क्रममा सन् १९४५ अक्टोबर ३ तारिखमाफ्रान्सको राजधानी पेरिसमा भएको हो । अहिले सम्म यस महासंघमा १२७ देशका ९ करोड ६० लाखश्रमिकहरु आवद्ध रहेका छन् ।

यस महासंघका १० वटा विषयगतअन्तर्राष्ट्रीय ट्रेड यूनियन केन्द्र छन् । जसमा सार्वजनिक सेवा, बैंक विमातथावित्तिय क्षेत्र, रिटायरर्ड एण्ड पेन्सनर, खानीतथाधातु, निर्माण क्षेत्र, उर्जा, शैक्षिक क्षेत्रका प्राध्यापक तथा शिक्षक, कृषि क्षेत्र, होटल तथा पर्यटन, यातायात क्षेत्रमा संलग्नश्रमिकहरुको १० वटा ट्रेड यूनियन इन्टरनेशनल (टियूआई) हरु आवद्ध रहेका छन् ।

डब्लू एफटियूले के कस्ता गतिविधि संचालनगर्दै आएको छ ?

डब्लु एफ टियूले स्थापनाकालमा नै मूलत : साम्राज्यवाद, फाँसीवाद र रंगभेदका विरुद्ध संघर्ष गर्ने, श्रमिकहरुको अधिकारका लागि संघर्ष गर्ने, विश्वमाश्रमजीवीवर्गले संचालन गरेको संघर्ष र आन्दोलनमा सहयोग र ऐक्यबद्दता प्रकट गर्ने, युद्ध, हत्या, हिंसा आतङ्कको विरोध गर्दै विश्वमाशान्ती र मानवअधिकारलाई स्थापीत गर्न विश्वव्यापीअभियान संचालन गर्ने उदघोषका गरेको थियो । स्थापनाकालका घोषित उद्देश्य परीपूर्तीका लागि डब्लुएफटियूले अनवरत संघर्ष र आन्दोलन गर्दै आएको छ ।

यस क्रममा अमेरिकी साम्राज्यवादले विश्वका विभिन्न देशमा संचालन गरेको युद्द, हत्या, हिंसा आतङ्कको विरोध गर्दै युद्द, हत्या, हिंसा आतङ्कमा प्रताडित श्रमिक र तिनका आश्रित परिवारको हित र उत्थानको लागि, युद्ध र हिंसाको कारण शरणार्थी बनेका मानिसहरुाई मानवोचित व्यवहार गर्न र उनीहरुले सुरक्षीत साथजीवनव्यतित गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न विश्वव्यापी रुपमाअपील र अभियान संचालनगर्दै आएको छ ।

श्रमिकहरुको हकहित र अधिकारमा निर्वाह गरेको भूमिकाचाहि के के छन् त ?

डब्लू एफटियूले मुख्यत : श्रमिकहरुको संगठीत हुनपाउने अधिकार र सामूहिक सौदावाजी गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न अन्र्तराष्टिइ ृश्रम संगठन (आई. एल. ओ) बाट सन् १९४८ र सन् १९४९) मा  अभिसन्धी नं. ८७ र ९८ लाई  पारित गराउन नेतृत्वकारी भूमिका निर्वाह ग¥यो, यो सबै भन्दा महत्वपूर्ण उपलब्धीहो ।आज संसार भरका श्रमिकहरु यहि आईएलओबाट पारित अभिसन्धीमा उल्लेखित अधिकार बमोजिम  ट्रेड यूनियन गठन गर्ने र सामुहिक सौदाबाजीको अधिकार लाई उपयोग गर्दै आएका छन् ।

यस्तै डब्लूएफटियूले युद्ध र हिंसाबाट पिडित श्रमिकको पक्षमा आवाज उठाउदै हरेक देशका उद्योग र कारखाना सम्म शान्त्तीको अभियान संचालनगर्दै, श्रमिकहरुलाई युद्ध र हिंसाका विरुद्ध संगठीत हुन प्रेरित गर्दै आएको छ । अहिले पुंजीबादी आर्थिक संकटका नाममा विश्वव्यापी रुपमा श्रमिकहरुलाई कामबाट निकाल्ने, रोजगारी असुरक्षित गर्ने, न्यून तलबदिने, पेन्सनलगायतका सुविधा कटौती गर्ने जुन कामभई रहेको छ, यसका विरुद्ध विश्वव्यापी अभियान संचालन गर्दै हरेक रोजगारीका स्थलमा अन्तराष्ट्रिय न्यूनतम श्रममापदण्ड लागु गर्न दबाबमुलक कार्यक्रम संचालनगर्दै आएको छ ।

नेपालबाट अन्तरक्रिया स्तरमा ट्रेड यूनियन केन्द्रहरुको स्थिति चाहि कस्तो छ ?

अहिले विश्वमा २ वटा अन्तराष्ट्रिय ट्रेड यूनियन केन्द्र छन । पहिलो,प्रगतीशील समाजवादी अन्तराष्ट्रिय ट्रेड यूनियन केन्द्र, जसको प्रतिनिधित्व विश्व ट्रेड यूनियन महासंघले (डब्लूएफटियू)ले  गर्दछ । दोश्रो चाहि अन्तराष्ट्रिय ट्रेड यूनियन केन्द्र (आई टियूसी) छ । यसमा पूँजीबाद विचार पक्षधर, जो आफूलाई सोसल डेमोक्रेट्स पक्षधर  भन्छन उनीहरुचाहि यस केन्द्र आवद्ध रहेका छन् ।

नेपालको टे«ड यूनियनहरुको अन्र्तराष्टिृय आवद्धता चांहि कस्तो छ ?

पेशागत महासंघ नेपाल, राष्ट्रिय कर्मचारी महासंघ,अखिल ट्रेड यूनियन महासंघ,क्रान्तीकारी ट्रेड यूनियन महासंघ,नेपाल ट्रेड यूनियन फेडरेशन, नेपाल समाबेशी ट्रेड यूनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ नेपाल र राष्ट्रिय प्रजातान्त्रीक ट्रेड यूनियन महासंघ चाँहि डब्लूएफटियूमा आवद्ध रहेका छन् र बाँकी चांही आईटियुसीमा आवद्ध छन ।

अनि नेपाल कम्युनिष्ट पार्टी निकटका ४ वटा टे«ड यूनियन महासंघ मध्ये फरक–फरक केन्द्रमा आवद्धता किन त?

अन्तराष्ट्रिय सम्बन्ध र आवद्धता विचारका आधार  र बैचारिक निकटताका आधारमा हुनु पर्दछ । तर विडम्बना नेपालमाचाहि के भई रहेको छ भने कम्युनिष्ट पार्टी निकटको जन संगठनको रुपमाक्रियाशीलहुने तर अन्र्तरािष्ट्रय आवद्धता चाहिपुँजीवादीअन्तराष्ट्रिय केन्द्र मा भई रहेको छ, मलाई लाग्दछ, यस बारेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्पष्ट नीतिबनाई सहि बैचारिक निकट केन्द्रमा आवद्ध हुने गरि निर्देशन गर्नु पर्दछ । यसो नगर्ने हो भने यसले अवसरबाद र अराजकताबादलाई बढाएर लैजान्छ । यसको प्रभाव कम्युनिष्ट पार्टीमा पनि पर्न गई पार्टीमा थप चुनौती खडा हुन्छ ।

समाजवादको विरोध गर्ने, र श्रमिकको हक अधिकारका लागि वर्ग समन्वयबादीलाईन लिने केन्द्रसंग  आबद्धता होइन, वर्ग सघर्ष केन्द्रित आन्दोलनको अगुवाई गर्ने केन्द्र संग भातृत्वपुर्ण सम्बन्ध कायम गरेर अन्तराष्ट्रिय सम्बन्धलाई बलियो बनाएर जानुपर्दछ । अहिले पुँजीवादीहरुले,  श्रम आन्दोलनलाई कमजोर बनाउन ट्रेड यूनियनहरुलाई अनेक डलरवाला परियोजना संचालन गर्न दिएर ठूलो धनराशी खर्च गरिरहेका छन् यसको प्रलोभनमा परेर गलत ठाउँमा सम्बन्ध कायम गर्दा श्रमिक आन्दोलन लाई भूत्ते बनाउने र पूँजीवादलाई बलियो बनाउने काम पुंजबिादहिरुले गर्दै आएका छन  । अतः यस्तो कार्यलाई बन्द गरी  प्रगतशिील र समाजबाद िबिचार पक्षधर टेृडयुनियनहरुले सच्चा सर्वहारा श्रमिक वर्गीय श्रम आन्दोलनको विकास गर्ने गरी अन्तराष्ट्रिय केन्द्रमा  सम्बन्ध र आवद्धता कायम गर्नु पर्दछ ।

अव लागौ, नेपालमा आयोजना हुन गई रहेको एसियाली सम्मलेनका बारेमा र यसको तयारीका बारेमा केहि बताई लिनुहुन्छ कि ?

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा  श्रमिकहरुको अन्तराष्ट्रिय स्तरको कार्यक्रमको आयोजना गर्न पाउनु हाम्रा लागि अत्यन्तै ऐतिहासिक अवसर हो । यस्तै नेपालमा राजनैतिक क्रान्ति सम्पन्न भएर बामपन्थीहरुले दुईतिहाईको हाराहारीमा बिजयी भएर बामपन्थी सरकार गठन  भएको ऐहिासिक परिघटनालाई बिश्वब्यापी रुपमा नजिकबाट हेरिएको छ ।  यस्तो नयां परिघटनाका बीचमा नेपालमा विश्व टे«ड यूनियन महासंघको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन हुनगई रहेको छ । निश्चय नै नेपालका लागि राजनीतिक  सनदेश प्रबाह गर्न,आर्थिक एबं पर्यटकीय लाभ हासिल गर्न यो पफोरम महत्वपुर्ण अवसर हुने हामीलाई लागेको छ ।

सम्मेलनमा  २०।२१ देशका १०० जना विदेशी प्रतिनिधिहरुले भागलिने गरि धमाधम कन्फरफेसन आई रहेको छ । नेपालबाट मmण्डै १५० जना प्रतिनिधिले भाग लिने छन । यस सम्मेलनको मुल नारा “श्रमिकवर्गको सामाजिक सुरक्षालगायतआधारभुतआवश्यकताका बस्तु र सेवा सुनिश्चित गर” भन्ने रहेको छ । सम्मेलनमा विभिन्न देशमा श्रमिकहरुको स्थिति ,संघर्ष आन्दोलनका साथै मुल नाराकाबारेमा छलफल गरि काठमाण्डौ घोषण पत्र जारी गर्ने योजना रहेको छ । सम्मेलनको तयारीका लागि २५१ सदस्यीयमुल समिति, प्रचार, प्रकाशन, आर्थिक संकलन,अतिथि सत्कार,जुलुस व्यवस्थापनआदिउपसमितिहरु गठन गरि तयारी भई रहेको छ। यही सन्दर्भमा यतिखेर हरेक प्रतिष्ठानका  कार्यस्थलसम्म पुगेर सम्मेलनको प्रचार प्रसार  र जुलुसको तयारीका लागि श्रमिकहरुको भेला तथा बैठक सघन रुपमा भई रहेको छ । संग सँगै सम्मेलनका लागि आर्थिक संकलन, स्मारिका प्रकाशन आदिको काम भई रहेको छ ।

अव नेपालमा चाहि राजनीतिक क्रान्ति पछि ट्रेड यूनियन आवश्यक छैन भन्ने चर्चा भई रहेको छ, यस बारेमा केही बताई दिनु हुन्छ कि ?

ट्रेड युनियन देशको आर्थिक सामाजिक क्षेत्रको मुख्य साधक शक्तिहो । यसको भुमिकालाई कमजोर बनाएर, वा यसलाई निषेध गरेर अगाडी बढ्ने कुरा कसैले सोच्दछ भने त्यो दिवा स्वपन मात्र हो । नेपालका हरेक राजनीतिक परिवर्तनमा ट्रेड युनियनकर्मीले जसरी ऐतिहासिक भूमिका निर्वाह गरे, त्यसै गरि अव आर्थिक र सामाजिक रुपान्तरण र सामाजवादी क्रान्तीमा ट्रेड युनियन सँग राज्यले हाले मालो गर्दै अगाडी बढनु पर्दछ । श्रमिकहरुकोहक हितको साथै उत्पादन र उत्पादत्व अभिवृद्धि गर्ने अभियान, गुणस्तरीय सेवा प्रदान गर्नेस्वाधीन र आत्मनिर्भर  अर्थतन्त्र निर्माणको अभियानमा अब ट्रेड युनियनआन्दोलन सम्पूर्णरुपमा केन्द्रित गर्नु पर्दछ ।

अनि. ट्रेड युनियनका नाममा भएमा विकृती विसंगती बारेमा तपाईको भनाई के छ कि ?

 ट्रेड युनियनआन्दोलन भित्रविकृती र विसंगती बढयो भनेर यसको खारेजी गर्ने वाअधिकार कटौती गर्ने कार्य बेठीक हुन्छ । निश्चय नै ट्रेड युनियनआन्दोलनले संगठीत प्रयत्नकाआधारमा मुलुकको राजनीतिकआन्दोलनका साथै श्रमिकहरुको पेशागतहकहित, अधिकार प्राप्ती,आर्थिक सुविधा र बृत्तिविकासको लागि धेरै महत्वपूर्ण भुमिकानिर्वाह गरेको छ, तर सँग सँगै यस आन्दोलनमाखास गरी यसबीचमाचुनौतीहरु खडा भएका छन आन्दोलन भित्र,अवसरबाद, अर्थवाद र अराजकताबाद (३ अ)का चुनौती गम्भीररुपमा देखा पर्दैछन ।

ट्रेड युनियनका नाममाखास गरि नेतृत्वलेआफ्नो वैयक्तिकहितलाई ध्यानदिने, आन्दोलनलाई भुत्तेबनाउने,र  आत्मकेन्द्रितसाेंच बढ्दै गएको छ,।प्रमोशन, आर्थिक सुविधालाभअवसरमा नेतृत्वआफै लिप्तभएर लाग्ने गरेकोले ट्रेड युनियनआन्दोलनमा विकृति, विसंगती बढेका छन, र गैह कानूनीगतिविधिपनिबिगतमासंचालन भएकाछन। ट्रेड युनियनले साामाजिकदायित्वलाई महत्वनदिदाआन्दोलन अर्थवादको दलदलमा मा फस्ने गरिचुनौनी खडा भएका छन् । अव यस्ताचुनौतीका विरुद्ध बैचारिक संघर्ष गरि मर्यादित ट्रेड युनियनआन्दोलनको विकासको लागि स्पष्ट आचार संहिताबनाएर त्यसलाईसबैले  आत्मसात गरेर अगाडी बढ्न सक्नु पर्दछ ।

अन्त्यमा केहीबताई दिनु हुन्छ कि ?

यो अन्तराष्टिृय सम्मेलनलाई सफलबनाउन सबै ट्रेड युनियनकर्मी मित्रहरु।पत्रकार बन्धुहरुु  सवै संग अनुरोध गर्दछु । नेपाल भ्रमण वर्षको पूर्ब सन्ध्यामायो सम्मेलन नेपालमाहुदैछ । यसलाई आर्थिक,भौतिक, प्रचार प्रसारको कार्यलाई  सबै हिसाबले उन्नतबनाई सम्मेलनलाई सफलबनाउन सबैमा हार्दिक अनुरोध गर्दछु ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको