Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकबाट बालबालिकालाई खाद्यान्न सहयोग

मिलन खड्का

सोमबार, ०६ असोज २०७६, १७ : ३३ मा प्रकाशित

मेगा बैंकबाट बालबालिकालाई खाद्यान्न सहयोग

अर्थ संसार, काठमाडौं–मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकले फुड फर लाइफ नेपाललाई १५ दिनका लागि पुग्ने चामल, नुन, तेलसहित बिभिन्न प्रकारका खाद्य सामाग्रीहरु सहयोग गरेको हो । फुड फर नेपालले सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई नियमित रुपमा आफैले पकाएर खाजा सहयोग गर्दै आएको छ । सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएका विपन्न परिवारका बालबालिकालाई खाजा खानबाट बञ्चित हुन नपरोस् र त्यसले गर्दा पढाईमा कुनै असर नहोस् भन्ने उद्देश्यले मेगा बैंकले फुड फर लाइफ नेपालमार्फत बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको हो । 

ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा प्रदान गर्दै आएको मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमार्फत असहाय तथा विपन्न वर्गका बालिबालिकाको शिक्षाका लागि पनि सहयोग गर्दै आएको छ । अहिले मेगा बैंकका १०२ शाखामार्फत १/१ जना बालिकालाई पनि बैंकले छात्रवृत्ति प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको