Like us!
Follow us!
Connect us!
Watch us!

‘नेपालको विकास र निर्माणको ढिला सुस्तिको कारण बेइमान नेता, भष्ट्र कर्मचारी र अपराधी ठेकेदार’ –राम नारायण विडारी (भिडियोसहित)

मिलन खड्का

बुधबार, ०१ असोज २०७६, १७ : १६ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–नेपाल निर्माण व्यवसायी संगठनले सोमबार ‘भौतिक पूर्वाधारको विकाश र नेपाली निर्माण व्यवसायको अवस्था’ बारे  एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।  

उक्त कार्यक्रममा अतिथि वक्ताको रुपमा नेपाल कम्युनिष्ट पार्टीका राम नारायण विडारीले भाग लिदै नेपाल निर्माण व्यवसायी संगठनले नेपाल कम्युनिष्ट पार्टी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णपुसाद पौडेलको अगाडी आफ्ना कुरा राखेकोमा धन्यवाद दिए।

कार्यक्रममा बोल्दै विडारीले नेपालको विकास र निर्माणको ढिला सुस्तिको कारण बेइमान नेताहरु, भ्रष्ट कर्मचारी र अपराधी ठेकेदार रहेको बताए।  राष्ट्रको पैसा आफ्नो हातमा लिएर त्यसलाई नीजि प्रयोग गरेर काम नगर्ने विरुद्ध आफूले राष्ट्रिय सभामा कुरा उठाएको कुरा प्रस्ट पारे।

२०६३ सालको कानुन एउटै सरकारले दुई तीन पल्टसम्म गलत  नियतले गरेको  र अब नयाँ संबिधानले नयाँ व्यबस्था गरेको हुँदा अब सबै निर्माण व्यवसायी राष्ट्र सेवकहरू देश निर्माणमा लाग्नु पर्ने कुरा जोड दिए।

राष्ट्रको टेन्डरमा चरम भष्ट्रचार भएको भन्दै उनले विष्णुमतिमाथिको पुलको उदाहरण दिए।  अब नेपाल निर्माण गर्न चाहिने कानुन, नियम तथा नियमवाली माथि संवाद गरेर अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।  

हेरौं भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको