Like us!
Follow us!
Connect us!
Watch us!

तस्बिरमा हेर्नुहोस् २५ मेगावाटको काबेली बी-१ जलविद्युत परियोजना

मिलन खड्का

बुधबार, ०१ असोज २०७६, १० : ४० मा प्रकाशित

तस्बिरमा हेर्नुहोस् २५ मेगावाटको काबेली बी-१ जलविद्युत परियोजना

अर्थ संसार, काठमाडौं-पाँचथर र ताप्लेजुङको सिमानामा बग्ने काबेली नदीबाट २५ मेगावाट विद्युत् उत्पादन गर्न लागिएको अरुण काबेली पावर लिमिटेडले निर्माण गरिरहेको ‘काबेली बी वान’ जलविद्युत् आयोजनाले २९ गतेबाट टेस्टिङ्ग सुरु गरिसकेको छ। 

कम्पनीका  इन्जिनियर परासर ढकालका अनुसार अब केहि दिन मै विद्युतलाई  केन्द्रीय प्रणालीमा जडान गरिने छ।  

गत वैशाखमा केन्द्रीय प्रणालीमा जोडिने लक्ष्यका २०७२ वैशाखमा आयोजनाको शिलान्यास भएको थियो। २०७२ असोजदेखि आयोजना निर्माणको कामले गति लिएको थियो। निर्धारित समयमा काम नसकिएपछि आयोजनाले म्याद थप गरी काम अघि बढाएको हो।

विद्युत् प्रसारण लाइन निर्माणको काममा ढिलाइ हुँदा निर्माणको काम पछि सरेको थियो । पूर्वी पहाडबाट उत्पादन गरिएको विद्युत्लाई केन्द्रीय प्रणालीमा जडान गर्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको १३२ केभीए विद्युत् प्रसारणलाई काबेली करिडोरको कामले गति नलिएपछि आयोजनाको काममा बाधा पुगेको थियो । 

पाँचथरको याङवरक गाउँपालिकामा पर्नेे थर्पु, नागी र अमरपुर त्यस्तै ताप्लेजुङको थुम्बेदिन, चाक्सिबोटे, साब्लाखु र सिनाम आसापासमा आयोजनाको निर्माण गरिएको छ। थर्पुको दाहाल गाउँबाट पाइपलाइन निर्माण गरिएको छ। पाँच सय ८० मिटर लामो पाइपलाइन निर्माण गरी नागीको पिप्ले भन्ने स्थानसम्म पाइपलाइन विस्तार गरिएको छ। सोही स्थानमा पावरहाउस निर्माण गरिएको छ।

चार अर्बको लगानीबाट आयोजना निर्माण सुरु गरिएको हो। नेपाल इन्भेस्टमेन्ट बैंकको नेतृत्वमा अन्य सातवटा बैंकले आयोजना निर्माणका लागि लगानी गरेका छन्।

( तस्बिर :इन्जिनियर परासर ढकाल)

5d808186d2701.jpg 5d808187073f8.jpg 5d808187a10b1.jpg 5d808187a7621.jpg 5d80818827b54.jpg 5d8081889449c.jpg 5d808188bbfce.jpg 5d808188ce160.jpg 5d80818942c1f.jpg 5d8081895a8b1.jpg 5d80818990da2.jpg 5d808189b958c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको