Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंक र यु.के.एडको सक्षमबीच सम्झौता

मिलन खड्का

सोमबार, ३० भदौ २०७६, १५ : २१ मा प्रकाशित

सानिमा बैंक र यु.के.एडको सक्षमबीच सम्झौता

अर्थ संसार, काठमाडौं-सानिमा बैंक लिमिटेड र यु.के.एड सक्षमबीच कृषि कर्जा प्रबद्र्धन गर्नको लागि यही मिति २०७६/०५/३० गते सानिमा बैंक लिमिटेडको प्रधान कार्यालय नक्साल काठमाण्डौ स्थित एक कार्यक्रम आयोजना गरि सानिमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भुवन कुमार दाहालज्यू र सक्षमको तर्फबाट टिम लिडर श्री निर्मल दाहालज्यूले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । 

यो परियोजनाको मुख्य उद्देश्य कृषि क्षेत्रमा कर्जा विस्तार गर्नको लागि आवश्यकीय संरचना स्थापना गर्ने, आवश्यक अध्ययन गर्ने र यस संग सम्बन्धित नीति तथा कार्य योजना बनाइ लागु गर्ने हुनेछ । यसका लागि सानिमा बैंकका शाखाहरुबाट कृषि क्षेत्रमा धेरै भन्दा धेरै कर्जा प्रदान गर्न आवश्यक पर्ने साधन सक्षम संगको सहकार्यमा परिचालन गरिनेछ ।

यो परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्र्तगत संचालन गर्न लागिएको हो जुन नेपाल सरकार र यु.के. सरकारको सम्झौता अनुरुप यु.के. एडको आर्थिक सहयोगमा संचालित कार्यक्रम हो ।

सानिमा बैंकका सातवटै प्रदेशमा गरी हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा ए.टि.एम. रहेका छन् । 

२०७६ आषाढ मसान्तको प्रमुख वित्तीय झलक 
पूँजीकोष - १३.१९%
निष्कृय कर्जा -०.०८%
तरलता अनुपात-२२.८७ %  

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको