Like us!
Follow us!
Connect us!
Watch us!

ब्राण्डिङमा योगदान पुर्याउँदै सकियो फर्निचर एक्सपो, ८१ हजारले गरे अवलोकन

अर्थ संसार

आइतबार, २९ भदौ २०७६, १८ : ४८ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– फर्निचर तथा फर्निसिङका उत्पादनको ब्राण्डिङ गर्ने उद्धेश्यले आयोजना भएको सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो सफलताका साथ सकिएको छ । विगत वर्षहरुमाभन्दा यस पटक अवलोकनकर्ताको अधिक चाप देखिएकाले एक्स्पोका आयोजक तथा व्यवस्थापकहरु उत्साहित बनेका छन् । ५ दिनको अवधिमा ८१ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा ५ दिनसम्म चलेको एक्स्पोमा आयोजना रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो । एक्स्पोमा सञ्चालित रक्तदान कार्यक्रममा ११३ प्रिन्ट ब्लड संकलन भएको छ ।नेपाल फर्निचर तथा फर्निसिगं संघको आयोजनामा भएको रक्तदान कार्यक्रममा संघका पदाधिकारी, प्रदर्शक तथा अवलोकनकर्ता लगायतले रक्तदान गरेका थिए । मेडिसिटी अस्पतालको प्राविधिक सहयोगमा संचालित रक्तदानमा लायन्स क्लफ अफ काठमार्डौ सेन्टर, लायन्स क्लफ अफ चावहिल र लायन्स क्लब अफ टिचर्सले सहयोग गरेका थिए ।

अवलोकनकर्ताको बाक्लो उपस्थितीका साथै रक्तदाताको सक्रिय सहभागिताले आफुहरु उत्साहित बनेको फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए । आगामी वर्षहरुमा अझै परिष्कृत रुपमा आधुनिक उत्पादनहरुलाई समेट्दै एक्स्पोलाई निरन्तरता दिने संयोजक अग्रवालले बताए ।

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना तथा इभेण्ट सोलुसन प्रालिको व्यवस्थापनमा जारी एक्स्पोलाई जेम फ्लोरिङले शिर्ष प्रायोजन गरेको थियो । एक्स्पोको मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका थिए ।

एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट थियो । त्यसैगरी एक्स्पोलाई नेपाल हस्तकला महासंघ, नेपाल इन्टेरियर डिजाइनर एशोसीएसन र स्पेसेज म्यागजिनको पनि सपोर्ट थियो । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स थियो ।

एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहेको थियो । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको