Like us!
Follow us!
Connect us!
Watch us!

साना व्यवसायमा ९ अर्ब लगानी गरेका छौं

विहीबार, ०५ फागुन २०७३, १४ : १० मा प्रकाशित

साना व्यवसायमा ९ अर्ब लगानी गरेका छौं

पछिल्लो समय अस्थिर राजनीतिका कारण देशको अर्थतन्त्र फस्टाउन सकेको छैन ।  गत साल देशले महाभूकम्प, तराई आन्दोल र भारतीय नाकाबन्दीको मार खेप्नु पर्यो । त्यसको असर प्रत्यक्ष रुपमा देशको समग्र अर्थतन्त्रमा पर्यो ।

यस्तो अबस्थामा देशको आर्थिक बृद्धि दर नकारात्मक हुनबाट थोरैले मात्र जोगियो । यसको असर नेपालका उद्योगधन्दा कलकारखानामा पनि पर्यो । उनीहरु पनि फस्टाउन सकेनन् । देशमा उद्योगधन्दा कलकारखाना फस्टाउन नसक्दा बैंकहरुको कर्जा लगानीमा समेत असर परेको छ ।

बैक तथा वित्तिय सस्थाहरुको वित्तीय विवरण हेर्दा भने अन्य क्षेत्रभन्दा यस क्षेत्रमा महाभूकम्प र नाकाबन्दीको असर कमै परेको देखिन्छ । हाम्रो बैंकलाई पनि यसले खासै असर गरेको छैन ।

महाभूकम्पको असर विषेष गरी देशको १४ वटा जिल्लामा मात्र देखियो । नाकाबन्दीको असर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म देखियो । यसबेला बैंकहरुले आफ्नो कारोबार जारी राखे भने अर्कोतर्फ सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्ना कर्तव्यहरु पनि पूरा गरे । 

यसवेला देशमा ठूलाठूला उद्योगधन्दा नखुले पनि सानासाना उद्योगधन्दाहरु खुले । त्यसैले सानो स्केलमा भए पनि कारोबार भइरह्यो । जसले गर्दा बैंकहरुले थोरै संख्यामा भए पनि लगानी गर्न पाए । त्यसको प्रतिफल पनि पाइरहे । 

पछिल्लो समयमा औद्योगिक क्षेत्रमा निकै समस्या छन् । दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थको अभाव, मूल्य बृद्धि जस्ता कारणहरुले जुनसुकै कुराको उत्पादन लागतमा बृद्धि भइ सामग्रीहरु झनै महंगा भएका छन् ।

जसले गर्दा बजारमा प्रतिष्पर्धा गर्न गाह्रो हुन्छ । यसले गर्दा उद्योगधन्दा, कलकारखानाहरु बन्द हुन्छन् । त्यसैले पछिल्लो समयमा ठूला औद्योगिक क्षेत्रमा कर्जाको मागमा कमी भइरहेको छ ।

साना तथा मझौला उद्योगमा भने कर्जाको माग प्रसस्त आइरहेको छ । यस्ता उद्योगमा धेरैजसो हस्तकलाका उद्योगहरु छन् । यस्ता उद्योग स–सानो लगानीमा खुल्ने हुनाले तिनमा लगानी गर्दा जोखिम पनि कम हुने गर्दछ । जोखीम कम भएको क्षेत्रमै बैंकले लगानी बढाउने हुन् । त्यसैले बैंक तथा वित्तीय संस्थाले हस्तकला व्यवसायमा लगानी बढाउँदै गएका छन् ।

अन्य क्षेत्रमा गरिएको लगानीको तुलनामा साना तथा मझौला कर्जा असुली गर्न पनि सजिलो हुन्छ । साना तथा मझौला व्यवसायमा छिट्टो आम्दानी हुने भएकोले कर्जा जोखिम कम हुन्छ । साना व्यवसायीहरुमा बैङिङ पहुँच बढेकाले पनि यस क्षेत्रमा बैंकहरुको लगानी प्रसस्त छ । 

पछिल्लो समयमा हामीले हस्तकला व्यवसायमा मात्र कुल कर्जाको ३१ प्रतिशत अर्थात् ९ अर्व रुपैयाँ कर्जा प्रबाह गरेका छौं । गत आर्थिक वर्षमा हामीले ३० अर्व रुपैयाँ कर्जा प्रबाह गरेका थियौ । जोखिम कम हुने भएकोले हामीले यस क्षेत्रलाई बढी महत्व दिएका हौं । हामीले हस्तकला व्यवसायीहरुलाई ८ लाखसम्म विना धितोमा ऋण प्रबाह गरिरहेका छौ । 

विना धितोमा ऋण लिन ५ वर्ष काम गरेको हुनुपर्छ । त्यस्तै उसले सरकारलाई तिर्ने कर चुक्ता भएको हुनुपर्छ । बैधानिक रुपमा कम्पनी दर्ता गरेर काम गरिरहेको हुनु पर्छ । यस्ता प्रावधान पूरा गरेको भए हामी सरल तरिकाले कर्जा प्रबाह गर्छौं । 

हामीले हस्तकला व्यवसायमा विना धितोमा कर्जा बढी दिएका छौ । धितोमा करिव ३० करोडको हाराहारीमा मात्र ऋण लगानी भएको छ । यसरी हेर्दा करिव ८ अर्व ७० करोडभन्दा बढी कर्जा विनाधितोमै प्रबाह गरिरहेका छौं । धितोमा भने हस्तकला ब्यवसायमा प्रतिब्यक्ति ३ करोड भन्दामाथि ऋण प्रबाह गरेका छौं । 

हस्तकला व्यवसायमा दिएको कर्जामा अहिलेसम्म कुनै समस्या आएको छैन । केही धितो राखेको ऋण समस्यामा आएका बेला अर्को वर्ष उसले ऋण तिर्ने गरेको छ । धितो राखेर हस्तकला व्यवसाय गर्नेहरु ठूला निर्यातकर्ताहरु हुने गरेका छन् । उनीहरुले अन्तराष्ट्रिय क्रेताहरुको अर्डर लिन्छन् ।

अर्डरअनुसार निर्यात गर्ने भएकोले सामग्री विक्रि हुन केही समय लाग्ने गरेको छ । जसले गर्दा उनीहरुले समयमै ऋण तिर्न सक्दैनन् । त्यसको अर्को बर्ष उनीहरुले कारोबारबाट ऋण चुक्ता गरेको धेरै उदाहरण छन् । हामी ढुक्कका साथ भन्न सक्छौं, हस्तकला व्यवसायमा लगानी गरेको रकम फस्दैन । 

मुख्यगरी हस्तकलामा व्यवसायीकरण भएका मुर्तिकला, काष्ठकला, सुनचाँदीका गरगहना, पस्मिनालगायतका क्षेत्रहरुमा हामीले लगानी बढाएका छौं । आर्थिक वर्ष २०७१/७२ मा सिभिल बैंकले ८ अर्वको हाराहारीमा हस्तकला क्षेत्रमा लगानी गरेको थियो । 

हामीले पाटन र बौद्ध क्षेत्रका हस्तकला व्यवसायीहरुलाई कर्जा प्रबाह गरेका छौ ।  यस क्षेत्रमा गरिने कर्जा प्रबाहलाई हामीेले अझै बढाउने सोचाइ राखेका छौं । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको