Like us!
Follow us!
Connect us!
Watch us!

पाँच सय थान डेङ्गुको किट हस्तान्तरण

dibesh

सोमबार, २३ भदौ २०७६, १६ : ४२ मा प्रकाशित

पाँच सय थान डेङ्गुको किट हस्तान्तरण

अर्थ संसार, काठमाडौ – देशैभर डेङ्गुको प्रकोप बढिरहेका बेला चितवनमा विभिन्न व्यवसायीले ५०० थान किट उपलब्ध गराएका छन् । उनीहरुले  विपन्न गरीब बिरामीको उपचारका लागि निःशुल्क रुपमा डेङ्गु किट उपलब्ध गराएका हुन्  ।   
   
    व्यवसायी तथा हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेशकुमार चुके र उहाँकी श्रीमती सन्ध्या लक्ष्मीले संयुक्त रुपमा रु एक लाख ४० हजार मूल्यको उक्त किट उपलब्ध गराउनुभएको हो । 
 

    भरतपुर अस्पतालमा उपचार गर्न आउने विपन्न बिरामीको सहयोगका लागि प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत र भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तीवारीलाई सो किट हस्तान्तरण गरियो । अहिले डेङ्गु फैलिएको भन्दै गरीब बिरामीको निःशुल्क रुपमा उपचार गर्न सहयोगी मनहरुको खाँचो रहेको सो सामग्री हस्तान्तरण कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।  

    चुके गणेशधाम संरक्षण सम्र्बद्धन समितिका अध्यक्षसमेत हुनुहुन्छ । उहाँले हरेक वर्ष विपन्न विद्यार्थीलाई सहयोग गर्दै आउनुभएको छ । चितवनका प्रजिअ  जीतेन्द्र बस्नेतले चुके दम्पतीले सरकारको अभियानलाई सहयोग पुग्ने जनहित कार्य गरेको बताउनुभयो । साथै सोही अवसरमा प्रेम सुपर मार्केटका सञ्चालक प्रेमकुमार श्रेष्ठले १०० वटा किट उपलब्ध गराउनुभयो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको