Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले अब घरमै बसी आफ्नो खाताको विवरण  अनलाइनबाट हेर्न पाउने

बुधबार, ०४ फागुन २०७३, १३ : २४ मा प्रकाशित

लगानीकर्ताले अब घरमै बसी आफ्नो खाताको विवरण  अनलाइनबाट हेर्न पाउने

अर्थ संसार 
काठमाडौं– सेयरमा लगानी गर्ने लगानीकर्ताले अब घरमै बसेर अनलाइनबाट आफ्नो खाताको विवरण हेर्न पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले यस्तो व्यवस्था गरेपछि लगानीकर्ताले आफ्नो डिपी खातामा कुन कुन कम्पनीको शेयर छ भनेर अनलाईनबाट हेर्न सक्ने भएका हुन् । 

बोर्डको २७ माघको बैठकले सिडिएस एन्ड क्लियरिङ लिमिटेडको धितोपत्र केन्द्रिय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली २०७३ र धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट (दोस्रो संशोधन) विनियमावली २०७३ पारित गरि उक्त व्यवस्था गरेको हो ।  

राफसाप सदस्यमाथिक कारबाही खुकुलो 

समयमा राफसाफ नगर्दा या गलत कागजात पेश गर्दा राफसाफ सदस्यले सात दिन काम गर्न नपाउने ब्यवस्था संशोधन गरि तीन दिनमा झारिएको हो । 

संशोधन मार्फत कुनै कम्पनी वा रजिष्ट्रार  तथा हस्तान्तरण प्रतिनिधी, निक्षेप सदस्य  वा दलालले गलत बिवरण टिपाए वा कारोबारमै गल्ति गरे पनि सच्याउने ब्यवस्था मिलाएको बोर्डले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको