Like us!
Follow us!
Connect us!
Watch us!

एसियन लाइफ इन्स्योरेन्सले दिने भयो २० प्रतिशत बोनस, ५० प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने

बुधबार, ०४ फागुन २०७३, १२ : ३९ मा प्रकाशित

एसियन लाइफ इन्स्योरेन्सले दिने भयो २० प्रतिशत बोनस, ५० प्रतिशत हकप्रद सेयर  निस्कासन गर्ने

अर्थ संसार 
काठमाडौं– एसियन लाइफ इन्स्योरेन्सले २० प्रतिशत बोनस घोषणा गरेको छ । बुधबार (आज) बसेको कम्पनी सञ्चालक समितिको बैंठकले कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभंस समेत दिने निर्णय गरेको समितिले जनाएको छ । 

हाल ६७ करोड १३ लाख चुक्ता पुँजी  रहेको यस इन्स्योरेन्स कम्पनीको बोनस सेयर दिएपछि पूँजी ८० करोड ५५ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ । कम्पनीले बोनस सेयर जारी गरेपछि कायम हुने चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने समितिको बैठकले निर्णय गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको