Like us!
Follow us!
Connect us!
Watch us!

तत्काल नआउने भयो स्ट्याण्डर्ड चार्टर्डको एफपिओ

मंगलबार, ०३ फागुन २०७३, १५ : ५५ मा प्रकाशित

तत्काल नआउने भयो स्ट्याण्डर्ड चार्टर्डको  एफपिओ

अर्थ संसार 
काठमाडौं– तत्काल स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपिओ नआउने भएको छ । सोमबार बैंक, सेवोन र विक्री प्रवन्धकहरुबीच भएको छलफलमा एफपिओ निष्काशनको केही ढिलो हुने भएको हो ।

बैंकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

एफपिओ निष्काशनको लागि बैंकले सोमबार मात्रै लागि नियामक निकाय धितोपत्र बोर्डले स्वीकृत पाएको थियो । बैंकले एफपिओ निष्काशनको लागि कम्पनी रजिष्टर कार्यालय र राष्ट्र बैंकबाट स्वीकृत लिन केहि समय लाग्ने देखिएको छ । 

बैंकले १०० रुपैंया अंकित मूल्यमा ११ सय ९० रुपैंया प्रिमियम थप गरी १२ सय ९० रुपैंया प्रतिकित्ता एफपिओ निष्काशन गर्न लागेको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको