Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब २१ करोड

मंगलबार, ०३ फागुन २०७३, १२ : १५ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब २१ करोड

अर्थ संसार 
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक बर्ष २०७३/७४ को दोस्रो त्रेमासमा खुद मुनाफा १ अर्ब २१ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंक सोही अवधिमा अघिल्लो बर्ष १ अर्ब ७ करोड १९ लाख रुपैयाँ कमाएको थियो । पहिलाको भन्दा अहिले १३.५९ प्रतिशतले बढी आर्जन गर्न सफल भएको छ । 

८ अर्ब ५८ करोड चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले जगेडाकोषमा १ अर्ब २३ करोड ४९ लाख रुपैयाँ राखेको छ । बैकले निक्षेपमा ७ दशमलव ६८ प्रतिशतले वृद्धि गरी १ खर्ब ३८ अर्ब २९ करोड ६६ लाख रुपैयाँ संकलन गरेको छ ।

जसबाट कर्जामा ९३ अर्ब ९० करोड ६० लाख रुपैयाँ लगानी गरेको छ जुन गत वर्षको तुलनाभन्दा २१ दशमलव ६४ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद व्याज आम्दानीमा २६ दशमलव ७६ प्रतिशतले बढेर ३ अर्ब ४ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३० दशलमव १३ प्रतिशत बढेर १ अर्ब १५ करोड ५६ लाख रुपैयाँ पुगेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको