Like us!
Follow us!
Connect us!
Watch us!

कम्पनीहरुको वर्गिकरण : कुन कुन कम्पनी परे ‘क’ वर्गमा ( विज्ञेप्तीसहित)

मंगलबार, ०३ फागुन २०७३, ११ : १६ मा प्रकाशित

कम्पनीहरुको वर्गिकरण : कुन कुन कम्पनी परे ‘क’ वर्गमा ( विज्ञेप्तीसहित)

अर्थ संसार 
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचिकृत कम्पनीहरको वर्गीकरण सार्वजनिक गरेको छ । धितोपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको शर्तहरुहरुको आधारमा कम्पनीहरुलाई वर्गिकरण गरेको हो  ।

आर्थिक बर्ष २०५३/५४ देखि सूचिकृत कम्पनीहरुको वर्गीकरण गरिने प्रक्रिया आरम्भ भए अनुसार आ.व. २०७२/७३ मा १३१ कम्पनीहरु ‘क’ वर्गमा वर्गीकृत भएकोमा आ.व. २०७३/७४ मा १०७ वटा कम्पनीहरु ‘क’ वर्गमा वर्गीकृत भएको नेपाल स्टक एक्सचेन्जले जारी गरेको विज्ञेप्तीमा उल्लेख  ।

वर्गीकरण अनुसार वाणिज्य बैंक समूहबाट २६, अन्य समूहबाट १,जलविद्युत समूहबाट ३, होटल समूहबाट १, बीमा समूहबाट १७, वित्त समूहबाट १४, विकास बैंक समूहबाट ४५ कम्पनीहरु ‘क’ वर्गमा परेका छन्।

चुक्ता पुँजी  कम्तिमा रु.२ करोड भएको, साधारण शेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन वर्ष देखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको छ महिना भित्र उक्त आर्थिक वर्षको कारोबार तथा आय–व्यय विवरण पेश गरेका कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जले ‘क’ बर्गमा वर्गीकृत गर्दै आएकोछ ।

आर्थिक बर्ष २०७२/७३ को अन्तसम्ममा सूचिकृत कूल २२९ वटा कम्पनीहरु मध्ये निम्न लिखित १०७ वटा सूचिकृत कम्पनीहरुलाई उक्त प्रावधान अनुरुप चालु आ.व.२०७३/७४ मा ‘क’ वर्गमा वर्गीकरण गरिएको एक्सचेन्जले जनाएको छ । 

प्रेस विज्ञेप्ती

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको