Like us!
Follow us!
Connect us!
Watch us!

पुरै बिकाउन नसकेको हिमालयन बैंकको ऋणपत्र बाँडफाँट

मिलन खड्का

बुधबार, ११ भदौ २०७६, १२ : ५७ मा प्रकाशित

पुरै बिकाउन नसकेको हिमालयन बैंकको ऋणपत्र बाँडफाँट

अर्थ संसार,काठमाडौं- हिमालयन बैंकको ऋणपत्र बाँडफाँट भएको छ ।
बैंकले ७ वर्ष अवधिको ‘१०% हिमालयन बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गरेको थियो।  

बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटका अनुसार सर्वसाधारण र संस्थागत गरी कुल ७२३ जना लगानीकर्ताले २५ लाख ६९ हजार १०४ इकाईका लागि आवेदन दिएका र सबैलाई माग बमोजिम नै इकाई बाँडफाँट गरिएको कम्पनीले जनाएको हो ।

हिमालयनले साउन २ गतेबाट भदौ २ गतेसम्म कुल ३० लाख इकाई ऋणपत्र खुला गरेको थियो । तर  हिमालयनको ऋणपत्र पनि सबै बिक्री हुन सकेन । बैंकले सामूहिक लगानी कोषलाई पनि ५% ऋणपत्र छुट्याएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको