Like us!
Follow us!
Connect us!
Watch us!

अपि हाइड्रोकोे मुनाफा ३ करोड ४५ लाख

सोमबार, ०२ फागुन २०७३, ११ : ५१ मा प्रकाशित

अपि हाइड्रोकोे मुनाफा ३ करोड ४५ लाख

अर्थ संसार 
काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गर्त वर्ष यसै बेला कम्पनीको नाफा ८४ लाख रुपैयाँ कमाएको थियो । गत वर्षको तुलामा यस अवधिमा कम्पनीको मुनाफा ४ गुणाले बढी हो ।

१ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ४ करोड ९१ लाख रुपैयाँ राखेको छ । त्यस्तै लगानी तर्फ हेर्दा ६१ दशमलव ६६ प्रतिशतले बढेर १४ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको बिक्रि ८ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको चालु सम्पत्ति १५ करोड ५४ लाख रुपैयाँ रहेको छ भने चालु दायित्व २४ करोड ८० लाख रुपैयाँ रहेको नोक्सानमा रहको छ । 

अपि पावर कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ६ दशमलव ५८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ६१ दशमलव ६ गुणा र प्रतिशेयर नेटवर्थ १ सय ४ दशमलव ६८ रुपैयाँ रहेको छ ।अपिको जम्मा आम्दानी ४७ दशमलव ०७ प्रतिशतले बढेर ८ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको