Like us!
Follow us!
Connect us!
Watch us!
१२ करोडको कम्पनीको नाफा २६ करोड रुपैयाँ

बीमा कम्पनीको नाफा लोभलाग्दो

सोमबार, ०२ फागुन २०७३, ११ : ०९ मा प्रकाशित

बीमा कम्पनीको नाफा लोभलाग्दो

अर्थ संसार
काठमाडौं–राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड १६ लाख ३६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसै बेला बिमा कम्पनीले १३ करोड ५२ लाख ८७ हजार रूपैयाँमात्र खुद नाफा कमाएको थियो ।

राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी १२ करोड ४४ लाख ४० हजार रूपैयाँ छ । यो कम्पनीको रिजर्भ कोष भने अत्यन्तै लोभ लाग्दो देखिएको छ । १२ करोड ४४ लाख रूपैयाँ चुक्ता पुँजी भएको कम्पनीको रिजर्भ कोषमा चाहिँ एक अर्ब ९४ करोड ९६ लाख ८३ हजार रूपैयाँ जम्मा भइसकेको छ । 

राष्ट्रिय बिमा कम्पनीमा लगानीकर्ता तानिने एउटा प्रमुख कारण पनि यही रिजर्भ कोष नै हो । कम्पनीको बिमा कोषको आकार एक अर्ब आठ करोड ९१ लाख ५३ हजार रूपैयाँको छ ।

यसअवधिमा कम्पनीले १० करोड ६२ लाख ५७ हजार रूपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले जारी बिमा लेख संख्या १८ हजार ७२६ वटा पुर्याएको छ । आठ करोड ५० लाख ८८ हजार रूपैयाँ कुल दाबी भुक्तानी गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको