Like us!
Follow us!
Connect us!
Watch us!

सांसद चाबहिल–साँखु सडकखण्डको सडकमा

अर्थ संसार

शुक्रबार, ०६ भदौ २०७६, १६ : ३० मा प्रकाशित

सांसद चाबहिल–साँखु सडकखण्डको सडकमा

अर्थ संसार, काठमाडौं– चाबहिल–साँखु सडकखण्डको अवस्थाबारे बुझ्न सांसदहरु आज थलामा नै पुग्नुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति, सदस्य र सडक आयोजनाका कर्मचारीसहितको टोलीले चाबहिल, जोरपाटी हुँदै साँखुसम्म पुग्ने सडकको अवलोकन गरेको हो ।
    
समितिका सभापति कल्याणीकुमारी खड्काले सडकको मर्मत तथा भत्काउन बाँकी रहेका घरको अवलोकन गर्दै काम छिटो सम्पन्न गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले महानगरीय प्रहरी वृत्त बौद्धको भवन अगाडि केही संरचना भत्काउनसमेत निर्देशन दिनुभयो ।

विसं २०७२ मा दुई वर्षभित्र चाबहिल–साँखु सडकखण्ड विस्तारको काम सक्ने गरी सडक निर्माण शुरु गरिएको थियो । सडक निर्माणको अवधि सकिँदा पनि अझै आधा काम सकिएको छैन ।

सरकारले चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्याएको थियो ।  काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर सोही साल असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर रहेको उक्त सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले सडक विस्तार गरिरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको