Like us!
Follow us!
Connect us!
Watch us!

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

निशा पाण्डे

शुक्रबार, ०६ भदौ २०७६, १३ : ३९ मा प्रकाशित

मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

अर्थ संसार, काठमाडौं –गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गर्नुभएको छ । बेलायतस्थित तमू धीं नामक संस्थाले सन् २००९ देखि सञ्चालन गर्दै आएको नेपाली मेलामा सहभागी हुन उहाँ धर्मपत्नी कुमारीमुनी गुरुङसँगै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।


‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित आगामी आइतबारदेखि शुरु हुने नेपाली मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिका रुपमा त्यसतर्फ जानुभएको हो । बेलायत बसाइका क्रममा उहाँले नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा सहभागी हुनाका साथै स्वदेशमा लगानीका लागि नेपालीहरूलाई आग्रह गर्नुहुने र नेपाल भ्रमण वर्षका लागि वातावरण बनाउनुहुने बताइएको छ ।


मुख्यमन्त्री गुरुङले आफ्नो अनुपस्थितिमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुने उहाँका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले बताउनुभयो ।मुख्यमन्त्री गुरुङ यही भदौ १४ गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको