Like us!
Follow us!
Connect us!
Watch us!

‘सुन्दर नयन’मा टिकटक क्वीन प्रिज्मा र प्रिन्सी (भिडियो)

मिलन खड्का

शुक्रबार, ०६ भदौ २०७६, १२ : ३४ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ- गीतकार सुदिप कोइरालाको शब्द, संगीतकार दिपक सिलवालको संगीत तथा गायक शिव परियारको स्वरमा ‘सुन्दर नयन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतकार कोईरालाको उत्कृष्ठ शब्दलाई संगीतकार सिलवाल तथा गायक शिव परियारको संगीत तथा स्वरको जाजुले जीवन्त तुल्याएको छ ।

अहिलेका चर्चित टिकटक क्वीन जुुम्ल्याहा दिदी बहिनी प्रिज्मा, प्रिन्सी खतिवडासँगै सन्नी सिंहको बेजोड अभिनय रहेको छ। डान्सिङ् नम्बरहरुमा छाउँदै आएका जुम्ल्याहा दिदीबहिनीको अभिनयले आँखा रसाउँछन । समग्रमा ‘सुन्दर नयन’ गीत तथा भिडियोले नेपाली संगीत उद्योगमा तरंग फैलाउनेमा कुनै दुईमत छैन ।

भिडियो निर्देशक गम्भीर बिष्टले निर्देशन गरेका हुन् ।अर्जुन तिवारीको छायांकन गरेको गीतको भिडियोलाई नबिन निरौलाले सम्पादन गरेको हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको