Like us!
Follow us!
Connect us!
Watch us!

पखालाको सङ्क्रमण फैलियो

निशा पाण्डे

शुक्रबार, ०६ भदौ २०७६, १२ : ११ मा प्रकाशित

पखालाको सङ्क्रमण फैलियो

अर्थ संसार, काठमाडौँ- हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा केही दिनयता पखालाको सङ्क्रमण फैलिएको छ । मौसम बदलिएसँगै पानीको मुहानमा फोहर मिसिएका कारण पखालाको सङ्क्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ । वर्षायामको समयमा बढी पानी पर्ने भएकाले पिउने पानीका मुहानमा फोहर मिसिएकाले पखालाको सङ्क्रमण फैलिएकोे बेनी अस्पतालका डाक्टर नवराज बास्ताकोटीले जानकारी दिनुभयो ।

ल्याब परीक्षण गर्दा बिरामीमा रगतमासीसँग सम्बन्धित हिस्टोलिटीका जीवाणु भेटिएको डाक्टर बास्ताकोटीले बताउनुभयो । फोहर पानी र खानेकुराका कारण पखालाको सङ्क्रमण हुने उहाँको भनाइ छ । अस्पतालमा आउने पखाला सङ्क्रमित बिरामीहरुमा हिस्टोलिटीका जीवाणु भेटिएको र एक सङ्क्रमित बिरामीको मिर्गाैलामा समेत समस्या देखिएकाले भर्ना गरी उपचार थालिएको बताउनुभयो । दैनिक १५ देखि २० जना बिरामीलाई अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

बेनी नगरपालिका–७ र ८ मा बढी यो पखालाको सङ्क्रमणको बिरामी अस्पताल आउने गरेका छन् । पखाला सङ्क्रमण हुँदा बिरामीलाई वाकवाकी लाग्ने, बिरामीको दिसामा रगतमासी देखिने र बिरामीलाई कडा खालको ज्वरो आउने जस्ता लक्षण देखिने डाक्टर बास्ताकोटीले बताउनुभयो । पखाला नियन्त्रणका लागि विशेषगरी सरसफाइमा ध्यान दिनुपर्ने डाक्टर बास्ताकोटीले बताउनुभयो । वर्षायाममा बढी यो रोग फैलिने भएकाले मुहानका पानी सफा राख्ने, घर वरिपरि सफा गर्ने र खानेपानी उमालेर पिउन मात्र सकेमा पखला सङ्क्रमणबाट बच्न सकिने उहाँले सुझाव दिनुभयो । दैनिक २०–२५ जना बिरामी अस्पतालमा आउने गरेको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको