Like us!
Follow us!
Connect us!
Watch us!

सविता रेग्मी र निर्मल न्यौपानेले विवाह पूर्व नै सुहागरात मनाए

मिलन खड्का

शुक्रबार, ०६ भदौ २०७६, ११ : २४ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ-बरिष्ट गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ गीत‘सुहागरातमा’ रेग्मी र निर्मल न्यौपानेलाई फिचरिङ गरिएको छ । प्रेम लामाले छायाँकन गरेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । सुभाष प्रधानले निर्देशन गरेको सो भ्युजिक भिडियोमा सविताको उत्कृष्ट प्रर्दशन रहेको छ ।

६ वटा विधामा वर्ल्ड रेकर्ड राख्न सफल बरिष्ठ गीतकार उपाध्यायको शब्द,सन्तोष श्रेष्ठको संगीत तथा गायक आनन्द कार्की र गायिका निशा देशारको आवाजमा सजिएको गीतमा सुहागरातमा आफूलाई नसताउन आग्रह गरिएको छ भने अर्को तर्फ सुहागरातमा आएको भावना नछेक्ने आग्रह गरिएको छ ।

डा. डी आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ आएका छन् ।

त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । ‘हिरो २०१९’बाट सम्मानित गीतकार डा डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।
गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा पनि डा डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो ।थिएटरमा रमाउने रेग्मीले पछिल्लो समय म्युजिक भिडियोमा समेत प्रस्तुति दिँदै आएकी छिन् । सविता अहिले रंगमञ्चसँगै ठूलो पर्दाको चलचित्रको अभिनयमा व्यस्त छिन् । अशोक शर्माको ‘रातो टिका निधारमा’ मा अभिनय गरिरहेकी उनले म्युजिक भिडियोमा समेत अभिनय गर्दै देश तथा विदेशमा रहेका नेपाली माझमा छाएकी छिन् । डान्सबाट करिअर शुरु गरेकी सवितले विद्यार्थी हुँदा शिक्षक बन्ने सपना सजाएकी थिइन् ।

तर, नाच्न निपूर्ण उनले नाचेकै भरमा धेरैको मन जितेपछि अर्कै बाटो रोजिन् । सविताले रोजेको नयाँ बाटोले उनलाई अहिले हरेक नेपालीमाझ परिचित गराएको छ । राम्रो कलाकार बन्ने लक्ष्य बोकेकी सविता आधा दर्जन बढी विभिन्न डकुमेन्ट्रीमा समेत अभिनय गरेकी छिन् । सानैबाट नाच्न रुचाउने उनले नाचेरै अहिले पनि धेरैको मन जितेकी छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको