Like us!
Follow us!
Connect us!
Watch us!

भारत निर्यातका लागि थप सहज वातावरण बन्नु स्वागतयोग्य कदम

मिलन खड्का

शुक्रबार, ०६ भदौ २०७६, ०८ : ५४ मा प्रकाशित

भारत निर्यातका लागि थप सहज वातावरण बन्नु स्वागतयोग्य कदम

अर्थ संसार, काठमाडौँ- भारत निर्यातका लागि थप सहज वातावरण बन्नु स्वागतयोग्य कदम नेपालबाट भारत निर्यात हुने झण्डै दुई दर्जन खाद्य पदार्थ, फलफुल तथा तरकारीको गुणस्तर परिक्षणलाई भारतको "Food Safety and Standard Authority of India" ले नेपालको  National Food and Feed Laboratory Kathmandu बाट परीक्षण भइ जारी भएको गुणस्तर प्रमाणलाई मान्यता दिने निर्णय गरेको छ । नेपालबाट भारत निकासी हुँदै आएका यस्ता वस्तुहरुको गुणस्तरको कारण देखाई समय–समयमा भारतीय भन्सारमा रोकिने गरेकोमा यस निर्णयबाट यी वस्तुहरुको भारत निकासी सहज हुने विश्वास परिसंघले लिएको छ र भारतको निर्णयलाई नेपाल उद्योग परिसंघले
स्वागत गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयबाट प्राप्त यस सम्बन्धी औपचारीक जानकारी अनुसार, Food Safety and Standard Regulations, 2011 अनुसार अबदेखि नेपालको National Food and Feed Laboratory Kathmandu को परिक्षणलाई पनि Food Safety and Standard Authority of India  को परिक्षण सरह मान्यता दिइने भएको छ । यो मान्यताले नेपालबाट भारत निर्यातमा देखिएको गैरकर अवरोध कम भइ निर्यात व्यापार सहज हुने छ । भारतको गुणस्तर प्रमाणीकरणको निर्णय अनुसार नेपालबाट भारत निर्यात हुने वस्तुहरु मध्ये– जुस, जाम, जेली, अचार, क्याण्डिज, इन्स्टाण्ट नूडल्स, विस्कुट, इन्फुन्ट फूड, दूध, स्किमड होल मिल्क पाउडर, कन्डेन्सेड मिल्क, आइसक्रिम, गुलियो दही, प्रशोधित मासु एवं मासुको उत्पादन, अदूवा, अलैँची, बेसार, चीया, कफी, मह र ताजा फलफूल तथा तरकारी गरी २१ वस्तु समेटिएका छन्।

नेपालको भारतसँगको बढ्दो व्यापार घाटा केही कम गर्न यस्ता वस्तुको नेपालको गुणस्तरलाई मान्यता दिइनु पर्ने माग परिसंघले उठाउँदै आएको सन्दर्भमा हाल भारत सरकारबाट भएको यस निर्णयले निर्यातमा थप सहजता पुग्ने विश्वास परिसंघले लिएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको