Like us!
Follow us!
Connect us!
Watch us!

जनभोजनलाई जनता बैंकको रु. २ लाख सहयोग

मिलन खड्का

बुधबार, ०४ भदौ २०७६, १३ : ०३ मा प्रकाशित

जनभोजनलाई जनता बैंकको रु. २ लाख सहयोग

अर्थ संसार, काठमाडौं– प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन (Food for People) लाई जनता बैंकबाट सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु. २ लाख सहयोग हस्तान्तरण गरिएको छ । जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर, धादिङमा एक कार्यक्रमको बिच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई हस्तान्तरण गरिएको हो ।

प्रेमसागर फाउण्डेसनद्धारा संचालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खान खुवाउदै आएको छ । साथै धदिङ र मकवानपुरका केही विद्यालयका करिब १५०० बालबालिकालाई दिवा खाजाको कार्यक्रम संचालन गर्दै आएको छ । दैनिक करिव रु. ५० हजार रकम बराबरको बिहानी खाना र दिबा खाजाको कर्याक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत उक्त रकम सहयोग गरेको हो । 

धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासमा रहेका विपन्न बस्तिलाई लक्षित गरी करिब १० बर्ष अगाडी देखि प्रेम सागर फाउण्डेसनले बिद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना ताथा खाजाको ब्यबस्था गर्दै आइरहेको छ । उक्त कार्यक्रमको प्रभावले यस क्षेत्रका सत प्रतिशत विद्यार्थी विद्यालय भर्ना भएका र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको फाउण्डेसनले जनाएको छ । 

5d5cf0f793fe5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको