Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंकको नाम र अस्तित्व सहित बिलय हुन पर्दा मलाई व्यक्तिगत हिसाबले असाध्यै पिडा छ : रमेश न्यौपाने (भिडियोसहित )

मिलन खड्का

आइतबार, ०८ भदौ २०७६, ०८ : १७ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– दुई दशक अगाडी एउटा यस्तो अवस्था थियो जहाँ नीति थिएन, नियम पनि थिएन, कानुन थिएन । जलविद्युत् उत्पादन गर्ने तथा त्यसमा लगानी गर्ने काम सबै नेपाल विद्युत् प्राधिकरणले गर्ने गरेको थियो । सो समयमा नीजि क्षेत्रबाट जलविद्युत् कम्पनी स्थापना गरेर निर्माणमा जाने कुरा सहज थिएन ।

सरकारले नीजि क्षेत्रलाई लगानीका लागि अवसर पनि दिएको थिएन । तर समय बदलियो, मान्छेका सोच बदलिए । आवश्यकताले नै सिर्जना गर्छ भन्ने वैज्ञानिक सिद्धान्त नेपालको हकमा पनि लागू भयो ।

तत्कालीन जलस्रोत मन्त्री शैलजा आचार्यले मुलुकको जलविद्युत् निर्माण तथा उतापदनमा नीजि क्षेत्रलाई पनि सहभागी गराउने र राष्ट्रिय आवश्यकता पूरा गर्ने लक्ष्यका साथ विद्युत् ऐन र जलस्रोत ऐनमा समय सापेक्ष सुधार गरिन । जलविद्युत् ऐनमा भएको सुधार पछि मुलुकको जलविद्युत् क्षेत्रमा नीजि क्षेत्रले प्रवेश पायो ।

हिजोको इतिहासबाट आज वर्तमानसम्म आइपुग्दा मुलुकको ऊर्जा क्षेत्रमा प्राधिकरणले गरे जत्तिकै योगदान गर्ने अवस्थामा नीजि क्षेत्र पनि अग्रसर भइरहेको छ ।२१ वर्ष पहिले अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी स्थापना हुँदा खोलाको पानी पेलेर पनि विद्युत् उत्पादन हुन्छ भन्दै खिसी ट्यूरी गर्नेहरु आज आएर बल्ल जलविद्युत् क्षेत्रलाई हेर्ने र बुझ्ने अवस्थामा आइपुगेका छन् ।

स्वदेशी नीजि क्षेत्र जलविद्युत् आयोजनामा आएको पहिलो पटक हो अरुण भ्यालीमा । तीन मेगावाट क्षमताको जलविद्युत् आयोजना बनाउनु पनि सहज विषय थिएन । पिलुवा खोला संखुवासभाको चर्चित खोला ।

सो खोलाबाट पनि विद्युत् निस्कन्छ भन्दा धेरैले जिभ्रो टोकेका थिए । तर पानीबाट विद्युत् निस्कन सक्छ भन्ने मान्यता स्थापित गर्न सहज थिएन । तर अनेक अफ़्टेरा बाटोलाई आत्मसाथ गर्दै आजको दिनमा आइपुग्दा अरुण भ्यालीले बजारमा एउटा ब्राण्ड इमेज गर्न सफल बनेता पनि देशको अवस्था , सरकारको विद्युत नीति, शेयर बजारको कारण अरुण भ्यालीको जुन इमेज हुन् पर्ने हो त्यो नभएको बताउँछन् अरुण भ्याली हाइड्रो पावर कम्पनीका कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपाने।  

हेर्नुहोस भिडियोमा अर्थ संसार टिमले उहाँसँग गरेको कुराकानी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको