Like us!
Follow us!
Connect us!
Watch us!

रक्तचन्दनको तेलसहित तीन पक्राउ

अर्थ संसार

बुधबार, ०४ भदौ २०७६, ०७ : ५४ मा प्रकाशित

रक्तचन्दनको तेलसहित तीन पक्राउ

अर्थ संसार, काठमाडौं- नेपाल प्रहरीले बहुमूल्य वनस्पति रक्तचन्दनको तेलसहित तीन जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले काठमाडौँ महानगरपालिका–१६ नयाँबजारबाट रक्तचन्दनको तेलसहित  धादिङका ५३ वर्षीय अच्युत केसी, सिन्धुपाल्चोकका ४३ वर्षीय जीत लामा र नुवाकोटका २६ वर्षीय सुजन पौडेललाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।
 
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोषसिंह राठौरले लामा बस्ने कोठामा प्लाष्टिकको बोराले छोपेर राखेको अवस्थामा सिल्भरको गाग्रोमा ४५ लिटर रक्तचन्दन फेला पारेको जानकारी दिनुभयो । “पक्राउ परेकाले नयाँबजारको सोसल खेलमैदानमा रक्तचन्दनको कारोवार गर्ने गरेको अनुसन्धानबाट खुलेको छ”, उहाँले भन्नुभयो । रक्तचन्दनको तेल लामाको कोठाबाट बरामद गरे पनि उक्त कारोवारमा केसी र पौडेलसमेत  संलग्न रहेको राठौरले बताउनुभयो ।

रक्तचन्दन साइटिस महासन्धिमा सूचीकृत वनस्पति हो । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि ९साइटिस० को पक्ष राष्ट्र नेपाल भएकाले रक्तचन्दन नेपालमा ओसारपसार गर्नेलाई कानूनी कारवाहीको व्यवस्था गरिएको छ । पक्राउ परेका तीनै जनासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको