Like us!
Follow us!
Connect us!
Watch us!

ड्रोनबाट बाग्मतीमा फोहरको मात्रा नापिँदै

आइतबार, ०१ फागुन २०७३, १३ : ५९ मा प्रकाशित

ड्रोनबाट बाग्मतीमा फोहरको मात्रा नापिँदै

अर्थ संसार
 काठमाडौं–बाग्मती नदिको प्रदुषणको मात्रा अब सेन्सर जडित ड्रोनले नाप्ने भएका छन् । ड्रोनको बागमती नदिको हाइ रिज्योल्युसन टोपोग्राफिकल म्यापिङ गरेर प्रदुषणको मात्रा निक्र्यौल गरिने परियोजनामा संलग्न उत्तम पुडाशैनीले जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, काठमाडौंको सिनामंगलदेखि मिनभवनसम्म र ललितपुर उपमहानगरको टेकु पुलदेखि सुन्दरीघाटसम्म ड्रोनले मोनिटरिङ गरिने छ ।

बागमती सभ्यता एकिकृत विकास समिति र कोरियाको सिओल नेशनल युनिभर्सिटीको कलेज फ इन्जिनियरिङ फर ग्लोबल सोसियल रिसपोन्सिविलिटीको सहकार्यत्रमा बाग्मती नदिमा पाइलट प्रोजेक्ट सुरु गरिएको छ ।

बाग्मतीमा उडाइने सेन्सर जडित ड्रोनले फोहर थुप्रिएका स्थानका हाइरिज्योलुुसनका तस्बिरहरु खिच्ने छ । त्यस्तै बाग्मतीको नदि क्षेत्रमा रहेको सुकुम्बासी बस्तीको तस्बिरसमेत ड्रोनले खिच्ने छ । ड्रोनले तुरुन्तै भौगोलिक अबस्थितिको नक्सा उपलब्ध गराउन सक्छ ।

यस परियोजनाबाट बाग्मती नदिको हाइरिज्योलुसनको  थ्रीडी नक्सा उपलब्ध हुने छ । त्यस्तै हाइरिज्योलुसनको अर्थोफोटो म्याप, फोहरको मात्रा, ठोस फोहर कुन ठाउमा कति छ भन्ने पत्ता लाग्ने प्रोजेक्टले जनाएको छ । परियोजनाबाट प्राप्त हुने निस्कर्ष सरकारलाई बुझाइने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको