Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल मलले गर्यो प्रितम आचार्यलाई सम्मान

अर्थ संसार

सोमबार, ०२ भदौ २०७६, १८ : ३७ मा प्रकाशित

सिभिल मलले गर्यो प्रितम आचार्यलाई सम्मान

अर्थ संसार, काठमाडौं– सुन्धारास्थित सिभिल मलले भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्यलाइ सम्मान गरेको छ ।

सम्मान समारोहमा आचार्यलाई सिभिल मल व्यापार संघ र सिभिल मलमा रहेका विभिन्न स्टोरहरूले पनि उपहार प्रदान गरेका थिए ।

सिभिल मलको प्रवद्र्धनात्मक कार्यक्रम ‘सिभिल मल सपिङ्ग फिएस्टा २०१९’ को अन्तिम दिन पारेर गरिएको सो कार्यक्रममा बाल गायक आचार्यले प्रतियोगितामा गाएका विभिन्न गीतहरू प्रस्तुत गरे ।

सोही अवसरमा गोला प्रथाबाट विभिन्न उपहार विजेताको घोषणा पनि गरियो । जसअनुसार विर्तामोडकी अञ्जु आचार्यले यमाहा एफ जेड एस १५० जितिन्भने काठमाडौंका कृतांश पाण्डेले एल जी टेलीभिजन र पाटनका रेयांशले  एल जी रेफ्रिजरेटर प्राप्त गरे । 

यमाहासँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै स्टोरहरूलाई सिभिल मलले धन्यवाद ज्ञापन गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको