Like us!
Follow us!
Connect us!
Watch us!

स्वयम्भूस्थित यातायात व्यवस्था कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मिलन खड्का

सोमबार, ०२ भदौ २०७६, १३ : ५२ मा प्रकाशित

स्वयम्भूस्थित यातायात व्यवस्था कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

अर्थ संसार, काठमाडौं-  मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भ-याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । 

मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भ¥याङका कार्यालय प्रमुख कमला थापाले एक समारोहबीच संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नुभयो । योसँगै मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २० पुगेको छ । 

एक्सटेन्सन काउन्टरको विस्तारपछि यातायात कार्यालयमा राजश्व बुझाउने सेवाग्राहीहरुलाई सहज हुने मेगा बैंकको विश्वास छ । अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा प्रदान गर्ने मेगा बैंकको योजना रहेको छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको