Like us!
Follow us!
Connect us!
Watch us!

चट्याङले भेडा मर्दा रु १० लाख बराबरको क्षति

अर्थ संसार

आइतबार, ०१ भदौ २०७६, ०८ : ३८ मा प्रकाशित

चट्याङले भेडा मर्दा रु १० लाख बराबरको क्षति

अर्थ संसार, म्याग्दी-म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा रु १० लाख मूल्य बराबरको क्षति पुगेको छ ।

 शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करीब रु १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहनुभएका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिनुभयो । सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् । लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन् ।

 एक वटा भेडाको मूल्य रु १५ हजारदेखि रु २५ हजार छ । सबै कृषकका भेडालाई गोठालाले एउटै खर्कमा राखेका थिए । घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । पाउद्वार गाउँदेखि खयर पुग्न करीब १२ घण्टा उकालो हिँड्नुपर्छ । पीडित कृषकले क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेडाबाख्राको पनि बीमा सुविधा हुनुपर्ने माग गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको