Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणलाई एक नम्बरको संस्था बनाउने मन्त्री पुनको दृढता

अर्थ संसार

आइतबार, ०१ भदौ २०७६, ०८ : ३३ मा प्रकाशित

प्राधिकरणलाई एक नम्बरको संस्था बनाउने मन्त्री पुनको दृढता

अर्थ संसार, काठमाडौं- ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बर अब्बल संस्थाका रुपमा स्थापित गरेरै छाडिने दृढता व्यक्त गर्नुभएको छ ।
 
 प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा शनिबार आयोजित पदक उपहार तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारी स्वामित्वका संस्थानमध्ये प्राधिकरणलाई एक नम्बरको संस्थाका रुपमा विकास गरिने बताउनुभएको हो । पछिल्ला वर्षमा लगातार नाफामा गइरहेको संस्थालाई क्रमशः नाफा बढाउँदै लगिने र प्राधिकरणलाई थप व्यावसायिक संस्थाका रुपमा विकास गर्ने योजनाअनुसार नै काम भइरहको बताउनुभयो ।

 प्राधिकरणमा चमत्कार नै भएको जस्तै भइरहेको उल्लेख गर्दै उहाँले राजनीतिक स्थायित्वसँगै संस्थाको व्यावसायिक, कार्यशैलीगत र प्रशासनिक क्षमतामा समेत वृद्धि भएको उल्लेख गर्नुभयो । विगतमा भाषणमा मात्रै सुधारका कुरा हुने गरेको भए पनि आज परिणाम नै देखिन थालेको स्पष्ट पार्दै उहाँले आगामी दिनमा थप सकारात्मक स्थितिमा संस्था पुग्ने मन्त्री पुनको विश्वास थियो ।

 सबैको मेहनतले प्राधिरकण अब्बल संस्थाका रुपमा विकास हुँदै गएको भन्दै कार्यकारी निर्देशक कुलमान घिसिङ र अरु कर्मचारीले गरेको मेहनतको पनि उच्च प्रशंसा गर्नुभयो । “सामूहिक प्रयत्नबाट मात्रै सफलता हासिल हुन्छ । कार्यकारी निर्देशकले व्यावसायिकरुपमा सबैलाई म्यानेज गर्नुभयो । यो नै सफलताको प्रमुख श्रेय हो ।”

 प्राधिकरणले करीब ९० प्रतिशत जनतामा विद्युत् पहुँच पु¥याएको र बाँकी रहेको क्षेत्रमा समेत आगामी दुई वर्षभित्र विद्युत् पु¥याउने लक्ष्य राखेको भन्दै सो कार्यमा साथ र सहयोग दिन सबैलाई ध्यानाकर्षण गराउनुभयो । उच्च हिमाली, पहाडी तथा विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पु¥याउने गरी काम गर्नुपर्ने दायित्व हामी सबैको काँधमा रहेको उहाँको भनाइ थियो । आगामी वर्षामाल नै ठूलोमात्रामा विद्युत् जोडिने भएकाले त्यसलाई आन्तरिक खपत बढाउँदै क्षेत्रीय बजारमा पु¥याउने गरी कार्ययोजनासमेत बनाउनु जरुरी रहेको मन्त्री पुनको धारणा थियो । 

 सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको स्मरण गर्दै उहाँले स्वदेशी तथा वैदेशिक लगानी भित्र्याउन पनि पहल भइरहेको स्पष्ट पार्नुभयो । मुलुकमा सङ्घीयतामा कार्यान्वयन गइसकेकाले पनि प्राधिकरणको संरचनालाई पनि सोहीअनुसार अगाडि बढाउनुपर्ने र उपभोक्तालाई थप सरल र सहजरुपमा सेवा दिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न कार्यक्रममा सफलता हासिल गरेका र सेवानिवृत्त भएका कर्मचारीलाई मन्त्री पुनले पुरस्कार वितरण गर्नुभएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको