अर्थ संसार, काठमाडौं – भारतले नेपालका विभिन्न सामाजिक संस्था, स्वास्थ्य एवं शैक्षिक प्रतिष्ठानलाई पुस्तक, बस र एम्बुलेन्स वितरण गरेको छ । भारतको ७३औँ स्वतन्त्रता दिवसका अवसरमा राजधानीस्थित उक्त देशको राजदूतावासमा आज बिहान एक विशेष समारोह आयोजना गरियो ।
त्यस अवसरमा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराउनका साथै स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रामनाथ कोविन्दले जारी गर्नुभएको शुभकामना सन्देश वाचन गर्नुभएको थियो । समारोहमा भारतीय सेनामा सेवाका क्रममा वीरगति प्राप्त गरेका नेपाली नागरिकका विधवा र सन्तानलाई बीमावापतको रकम हन्तान्तरण गरिएको थियो ।
राजदूत पुरीले पर्सा, सुनसरी, काठमाडौँ, धादिङ, रौतहट, सर्लाही, सप्तरी, धनकुटा, कैलाली, इलाम, झापा, सङ्खुवासभा, रुपन्देहीलगायत ४० वटा विभिन्न सामाजिक सङ्घसंस्था र विद्यालयले सञ्चालन गरेका पुस्तकालयलाई पुस्तक हस्तान्तरण गर्नुभयो । साथै उहाँले देशका विभिन्न भागमा अवस्थित ३० वटा स्वास्थ्य संस्था, सामाजिक संस्थालाई एम्बुलेन्स र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, प्रहरी विद्यालयजस्ता छ वटा शैक्षिक संस्थालाई बसको साँचो हस्तान्तरण गर्नुभयो ।v
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस