Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाद्धारा सहयोग तथा चेक हस्तान्तरण

अर्थ संसार

मंगलबार, २८ साउन २०७६, ०७ : ५७ मा प्रकाशित

कामना सेवाद्धारा सहयोग तथा चेक हस्तान्तरण

अर्थ संसार, काठमाडौं- “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुपन्देही जिल्ला वुटवल ६ स्थित  तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैंकका सञ्चालक  भिम प्रसाद तुलाचनले स्कुल झोला वितरण गर्नु भएको थियो ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सि सि क्यामेरा जडानका लागि सि सि क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक  तुलसी प्रसाद आचार्यले २५,०००/–को चेक हस्तान्तरण गर्नु भएको थियो ।

यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरmलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई  ९,६०७/– र बेसिशहरका ग्राहक रन्जिता अधिकारीलाई ६७,८१९/– स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA,, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

5d521ddd9852a.jpg 5d521ddda1c60.jpg 5d521dddd92a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको