Like us!
Follow us!
Connect us!
Watch us!

रारामार्ट अनलाईनबाट सपिङ्ग गर्दा परिवारको लागी ‘निशुल्क स्वास्थ्य बीमा’

अर्थ संसार

विहीबार, २३ साउन २०७६, १८ : १० मा प्रकाशित

रारामार्ट अनलाईनबाट सपिङ्ग गर्दा परिवारको लागी ‘निशुल्क स्वास्थ्य बीमा’

अर्थ संसार, काठमाडौं– नेपाली युवाहरुको अगुवाईमा जापानबाट सुरुभएको रारामार्ट ब्राण्डले नेपालबाट समेत सेवा प्रारम्भ गरेको छ । करिब ६ महिना अघिदेखी नेपालमा रारामार्ट डटकम नामबाट संचालनमा आएको रारामार्टले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सपिङ्ग गर्दा परिवारको निशुल्क स्वस्थ्य उपचार दिने घोषणा गरेको छ ।

रारामार्ट नेपालका अध्यक्ष तथा प्रख्यात उद्योगपति प्रदिपजंग पाण्डेले प्रिमियर ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यका निशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याईएको जानकारी दिए । रारामार्टबाट सपिङ्ग गर्दा ग्राहक र ग्राहकको परिवारका सदस्यहरुले निशुल्क रुपमा बीमाको परिधीमा रही उपचार खर्च प्राप्त गर्नेछन् । कम्पनीका अध्यक्ष पाण्डेका अनुसार यस्तो कार्यक्रम नेपालमै पहिलो पटक सार्वजानिक भएको हो ।

अध्यक्ष पाण्डेका अनुसार रारामार्टका ग्राहकले पाउने स्वास्थ्य बीमा सुबिधा न्यूनतम् २५ हजार र अधिकतम् १ लाख रुपैयाँ हुनेछ र सुबिधा रारामार्टमा रहेका करिब २५ हजार प्रडक्टहरु मध्ये जुनसुकै प्रडक्टहरु खरिद गर्दापनि यो सुबिधा प्राप्त गर्न सकिने छ ।उनले बीमा दाबी र भुक्तानी सम्बन्धी प्राबधानहरु नेपालको बीमा सम्बन्धी ऐन तथा बीमा समिती नेपालको निर्देशिकाहरुमा गरिएको प्रचलित व्यवस्था अनुरुप प्रिमियर ईन्स्योरेन्स कम्पनी लि.बाट प्राप्त गरिने छ ।

रारामार्ट ईकमर्श प्लाटफर्म हो जसमा करिब २५ हजार प्रडक्टहरु सुचिकृत रहेका छन् । ग्राहकहरुले आफुले चाहेको सामानहरु ईन्टरनेटको माध्यमबाट खरिद गर्न सक्छन भने बिक्रेताहरुले पनि आफ्ना बस्तुहरु रारामार्टको प्लाटफार्ममा दर्ता गरी बिक्री बितरण गर्न सक्छन ।

अध्यक्ष पाण्डेका अनुसार रारामार्टले पहिलो पटक काठमाण्डौंमा निशुल्क तथा २४ घण्टे डेलिभरी सुबिधा सुरुगरिएको बताए । रारामार्टमा रहेका प्रडक्टहरुको गुणस्तर र मुल्यबारे अध्यक्ष पाण्डेले भने, ‘हामी बस्तुहरुको गुणस्तरियताको बिषयमा निकै संबेदनशिल छौं र कुनैपनि ग्राहकले हाम्रा अनलाईन बिक्रेताहरुबाट गुणस्तरहिन बस्तु पाउने छैनन् ।

यदी त्यस्ता सामानहरु कथंकदाचित बिक्री भईहालेमा त्यसलाई बिनासर्त फिता गरिने छ’ । उनले थपे, ‘ग्राहकहरुको गुणस्तरियताको सुरक्षाको प्रत्याभुतिका लागी ग्राहकले सामान बुझेको १ हप्ता पछिमात्र सामानको मुल्य बिक्रेतालाई भुक्तानी गर्ने सिष्टमको बिकाश गरिएको छ’ ।

अध्यक्ष पाण्डेका अनुसार, रारामार्टमा रहेका प्रडक्टहरुको मुल्य अत्यन्त प्रतिशप्रर्धी र न्यून रहेको छ । मुनाफा मार्जिन घटाएर बिक्रीको संख्या बढाउने रणनीति रारामार्टको रहेको पनि उनले जनाए । रारामार्टमा हाल करिब १ हजार भन्दा बढि बिक्रेताको करिब २० हजारभन्दा बढी सामानहरु रहेको छ ।

कार्यक्रममा रारामार्ट जापानका कार्यकारी निर्देशक प्रकाशचन्द्र सापकोटाले रारामार्ट नेपाल यतिबेला आक्रामक कार्यक्रमहरु बनाएर अघि बढिरहेको र नेपालको उत्साहप्रद व्यसायीक बिस्तारले आँफुहरुलाई हौसाईरहेको बताए । उनले रारा ग्रुपले अमेरिकामा कम्पनी दर्ता गरिसकेको र सन् २०२० मा अमेरिकाबाट पनि कार्य प्रारम्भ गर्नेछ । कार्यक्रममा रारामार्ट जापान तथा अमेरिकाका प्रतिनिधीको पनि उपस्थिती रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको