Like us!
Follow us!
Connect us!
Watch us!

अरुण कावेलीको नाफा कति ?

अर्थ संसार

बुधबार, २२ साउन २०७६, १५ : ५२ मा प्रकाशित

अरुण कावेलीको नाफा कति ?

अर्थ संसार, काठमाडौं – गत आर्थिक वर्षको चौंथो त्रैमासमा अरुण कावेलीले २८ हजार खुद नाफा गरेको छ । बुधवार कम्पनीले गत वर्षको चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त प्रतिवेदनमा अघिल्लो वर्ष सोही अवधिमा कम्पनी १६ लाख १४ हजार घाटामा रहेको थियो ।

हालसम्म कम्पनीले विद्युत विक्री शुरु गरेको छैन । कम्पनीको व्यवसायिक योजना अनुरुपनै २५ मेगावाटको काबेली बी–१ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

गत वर्षको चौंथो त्रैमासमा कम्पनीले अन्य श्रोतबाट  २० लाख ५५ हजार आम्दानी गरेको छ । १ अर्ब ५० करोड चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोष भने १ करोड ५५ लाख १० हजार ऋणात्मक देखिन्छ । कम्पनीको प्रतिशेयर नेटवर्थ  ९८ दशमलव ९७ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको