Like us!
Follow us!
Connect us!
Watch us!

पहिरोले ३ जनाको मृत्यु, ७ घाइते

सोमबार, २० साउन २०७६, ११ : १० मा प्रकाशित

पहिरोले ३ जनाको मृत्यु, ७ घाइते

अर्थ संसार, काठमाडौं–   गएराति पहिरो जाँदा बागलुङको  तमानखोला गाउँपालिका ४ मा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।  पहिरोले ४ घर पूर्णरूपमा क्षति भएको छ ।

एक सय ५० मिटर माथिबाट पहिरो झर्दा पुरिएर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान स्थानीय र प्रहरीले पुरिएको ठाउँबाट शव निकालेका थिए ।

मृत्यु हुनेमा ७० वर्षीया अंसारी श्रीपाली, उनको नाती १२ वर्षीय गणेश र ४५ वर्षीया सन्तकुमारी श्रीपाली रहेको बागलुङका प्रहरी नायव उपरीक्षक झबिन्द्र प्रसाद भट्टराईले बताए । अन्य सात जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोले घर पुर्दा उनीहरुको मृत्यु भएको हो ।

भट्टराईले उद्धार र पहिरो पीडितलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको बताए । गाउँको अन्य तीन घरमा पहिरोले आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार पहिरोले पुरिएर २ भैंसी र ११ बाख्रा मरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको