Like us!
Follow us!
Connect us!
Watch us!
२०१८ को ‘डिभी चिठ्ठा’ कुनै असर नपर्ने

अमेरिकी संसदमा ‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक दर्ता

शुक्रबार, २८ माघ २०७३, १२ : २६ मा प्रकाशित

अमेरिकी संसदमा ‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक दर्ता


अर्थ संसार
न्युयोर्क– अमेरिकी संसदमा ‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक  दर्ता भएको छ। रिपब्लिकन सिनेटर टम कटन र डेविड पर्डयूले ‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक संसदमा दर्ता गराएका हुन्।

अमेरिकामा आप्रवासीहरुको संख्या कम गर्नु पर्ने भन्दै उनीहरुले‘डिभी चिठ्ठा’ बन्द गर्ने विधेयक संसदमा दर्ता गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।‘बलियो रोजगारीका लागि अमेरिकी अध्यागमनमा सुधार’ नामक विधेयकलाई संसदले पारित गरे ‘डिभी चिठ्ठा’ बन्द हुनेछ। उक्त विधेयक पास भएमा अमेरिकाले प्रति वर्ष ५० हजारका दरले प्रदान गर्दै आइरहेको ‘डिभी चिठ्ठा’ भिसा बन्द हुनेछ ।

विद्येयक पारित भए ‘डिभी चिठ्ठा’को सुविधा पाएका नेपालीमाथि प्रभाव पर्नेछ। सन् १९९० मा आप्रवासी भित्र्याउने कानुन निर्माण भएयता अमेरिकाले ‘डिभी चिठ्ठा’मार्फत आप्रवासीलाई स्थायी बसोबासको व्यवस्था गर्दै आएको छ।

 संसदमा दर्ता भएको विधेयक पास भएपनि सन् २०१८ को ‘डिभी चिठ्ठा’लाई कुनै असर पर्ने छैन। एक तथ्यांक अनुसार अमेरिकाले पछिल्लो दश वर्षमा करिव ५ लाख आप्रवासीहरुलाई ग्रीनकार्ड दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको