Like us!
Follow us!
Connect us!
Watch us!

तात्यो काठमाडौं महानगरपलिका :आयोजना कार्यान्वयन गर्दै

मिलन खड्का

बुधबार, १५ साउन २०७६, ११ : ०० मा प्रकाशित

तात्यो काठमाडौं महानगरपलिका :आयोजना कार्यान्वयन गर्दै

अर्थ संसार, काठमाडौं–काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा उद्यान, पैदालमार्ग, शौचालयलगायत ४२ आयोजना कार्यान्वयन गर्ने भएको छ । गत आवमा शहरी विकास योजनाले डिजाइन गरेका आयोजना कार्यान्वयनका लागि महानगरले चालू आवमा रु ९५ करोड ९६ लाख विनियोजन गरेको छ ।  

पहिले वडावडाबाट आएका मागका आधारमा नै आयोगले यी आयोजनाको डिजाइन गरेको आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताउनुभयो । आयोगले इञ्जिनीयरिङमा स्नातक सकाएका ३२ विद्यार्थीलाई छ महीनासम्म सहभागी गराएर डिजाइन गरेको उहाँले बताउनुभयो । उनीहरुलाई यातायात र खाजा खर्चस्वरुप मासिक रु १५ हजार दिएर काममा लगाइएको उहाँले बताउनुभयो । “आयोगका कर्मचारी र विज्ञ त्यसमा संलग्न थिए”, बस्नेतले भन्नुभयो । 

सबैभन्दा बढी योजना उद्यान र सम्पदा संरक्षणसम्बन्धी छन् । यी आयोजना कार्यान्वयनका लागि सम्बन्धित वडा, शहरी पूर्वाधार विभाग, सम्पदा विभागलगायत स्थानमा गएको उपाध्यक्ष बस्नेतले बताउनुभयो । अहिले कामपाले सबै आयोजनाका लागि बजेट विनियोजन गरेको भए पनि कतिपयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ठूला सस्ंथालाई पनि यी आयोजनामा सहभागी गर्ने कामपाको योजना छ । उहाँले भन्नुभयो, “कुनै एउटा आयोजनामा हामीले अरु संस्थालाई सहभागी गराउँदा त्यहाँबाट बचेको रकम अर्काे कुनैमा खर्च गर्न सकिन्छ ।” कतिपय योजना ठेक्का सम्झौतामार्फत कार्यान्वयनमा गइसकेका छन् भने कतिपय कार्यान्वयनका क्रममा छन् । निर्माणका क्रममा बाधा नपुगे ती योजना डेढ वर्षसम्ममा सम्पन्न हुने कामपाले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको