Like us!
Follow us!
Connect us!
Watch us!

परिपक्क मुद्रा बजार निर्माणमा मौद्रिक नीति सकारात्मक

शुक्रबार, १० साउन २०७६, १९ : ५६ मा प्रकाशित

  • नरेन्द्र चुदाली, शेयर बजार विश्लेषक

आफ्नो कार्यकालको पहिलो मौद्रिक निती मार्फत बैंकको चुक्ता पुँजी चार गुणा बढाउने एतिहासिक र एक हदसम्म साहसिक निर्णय गरेका गर्भनर नेपालले आफ्नो कार्यकालको  अन्तिम मौद्रिक नीति मार्फत ''बिग मर्जर'' को नीति लिएसंगै वित्तिय स्थायित्व निर्माण र शशक्त मुद्रा बजारको निम्ति उनको भुमिकालाइ प्रशंसनिय मान्नु पर्छ।

मौद्रिक नितिले बिग मर्जरको बाटो सहज गराउने उद्देश्यले स्प्रेड दर , कुलिङ पिरियड एवम विशिष्टिकृत शिर्षकका  कर्जा सिमामा प्रोत्साहन स्वरुप सहुलियत प्रदान गरेको छ। यो निकै सकारात्मक कुरा हो।  

फोर्श मर्जरको कुरा चलिरहदा पनि अन्तिम समयमा आएर राष्ट्र बैंकले प्रोत्साहनको नीति लिएको छ।यो निकै सकारात्मक र उदारवादी छ।

त्यसकारण बैक तथा वित्तिय सस्थाले सोही अनुरुपको नैतिकता प्रर्दशन गर्नु उचित देखिन्छ।अर्को कुरा कृषिमा १५ लाख सम्मको कर्जाको ब्याजदरमा छुट दिने कुराले कृषि क्षेत्रमा राहत मिल्ने अपेक्षा गर्न सकिन्छ।

लघुवित्तको मर्जर , ब्याजदर नियन्त्रण  , र सस्थागत अनुशासन लगायतका कुरामा पनि मौद्रिक नीतिले आबस्यक नियमनको प्रयास गरेको छ ।

तरलता ब्याबस्थापनको लागि  मौद्रिक नितिले विदेशी स्रोत आउने बाटो र प्रक्रिया खुल्ला गरेको छ।मौद्रिक नितिले '' डिवेन्चर मार्केट '' को विकासमा पनि जोड दिएको छ ।जथाभावी विमाको काम गर्न रोक्ने निती लिएर केन्द्रीय बैकले  बैंकहरुलाइ अनुशासित बनाउने प्रयास गरेको छ।

त्यसैगरी बैंकहरुले आफ्नो वेबसाईटमा राख्ने सामाग्री नेपाली भाषामा समेत उपलब्ध गराउनु पर्ने व्यवस्थाले वित्तीय सुचना र जागरणमा आम सर्वसाधारणको पहुच सहज हुने देखिन्छ।यस अघि एटिएम मेशिनमा अनिवार्य रुपमा नेपालि भाषा संलग्न हुनुपर्ने ब्याबस्था लागू गरिएको थियो।

समग्रमा मौद्रिक नीति वित्तीय स्थायित्व र पहुचको आधारमा  सकारात्मक देखिन्छ।मुद्रा बजारमा स्थायित्व देखिएको खण्डमा अबस्य  पनि त्यसको सकारात्मक प्रभाव देशको पुँजि बजारमा पर्ने नै छ जस्तो लाग्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको