Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाले सुरु गर्यो आईएमई पेएसगँ कारोबार शुभारम्भ

अर्थ संसार

विहीबार, ०९ साउन २०७६, १८ : ४३ मा प्रकाशित

कामना सेवाले सुरु गर्यो आईएमई पेएसगँ कारोबार  शुभारम्भ

अर्थ संसार, काठमाडौं– “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकलेआई.एम.ई को आई.एम.ई. पेए डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरीउक्त कम्पनी संग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।

 बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आई.एम.ई. पेए डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ ।आई.एम.ई. पेए वालेट मार्फत ग्राहकले  चन्द्रागिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, Mobile top up गर्ने लगायत अन्य विभिन्नभुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्षआफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको