Like us!
Follow us!
Connect us!
Watch us!

चलचित्र बैना बट्टाको पहिलो गित," तिमि सँग "सार्बजनिक : भिडियो सहित

रबिन दङगाल

बुधबार, ०८ साउन २०७६, १५ : ०२ मा प्रकाशित

अर्थ संसार, काठमाडौँ- चलचित्र बैना बट्टाको पहिलो गित तिमि सँगू सार्बजनिक भएको छ । राज चाम्लिङको कथा निर्देशन रहेको सुम्हात्लुङ फिल्मस् प्रा.लि.को पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र बैनाबट्टाको पहिलो गित तिमि सँगू ओएसआर डिजिटल बाट सार्बजनिक गरिएको छ । उक्त गीतमा दिपा लामा तथा सन्तोष राइको स्वर रहेको छ भने  देवेन्द्र नेम्बाङ्ग र कबिता राईलाई फिचर्ड गरिएको छ ।  नेपालको सुदुर पुर्वी जिल्लाहरुमा बसोबास गर्ने लिम्बु लगाएत आदिवासी समुदायमा रहेको एक प्रथा हो बैनाबट्टा । यसैको सेरोफेरो चलचित्रको बिषयबस्तु रहेको छ ।

मुख्य निर्माता प्रेम लावती रहेका यस चलचित्रमा भवानी घिमिरे, बिक्रम नवेम्वाङ, राम लावती, एबिराज आङदेम्बे समिल राई, सुनिता लिम्बु र यसराज योङयाङह चलचित्रका सहनिर्माता रहेका छन् । यस चलचित्रको नृत्य निर्देशन कमल राई छायाँकन सम्पादन देबजँग थापाले गर्नु भएको छ भने बैनाबट्टमा देबेन्द्र नेम्बाङ, कबिता राई, बाबु मुक्तान, रस्मिला तामाङ , अर्जुन श्रेष्ठ, नरेश बनेम, रिया सुब्बा, रोमन सिंह लिम्बु, प्रकास थेबे कृष्ण राज नेम्बाङ र पुष्प राज आङबुहाङ लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

बैना बट्टामा चार वटा गित रहने यस चलचित्रमा बुद्धराज इवाङ, राज चाम्लिङ र सन्तोस राईको संगित रहको छ । उक्त गितहरुलाई दिपक लिम्बु, मेलिना राई, दिपा लामा, सन्तोष राई, राजु लिम्बु , दिप्सन लिम्बुहरुको आवाज रहेको छ ।अशोज पहिलो हप्ता बाट नेपाल लगायत विभिन्न देशहरुमा प्रदशन गर्ने योजना रहेको निर्माता प्रेम लावतीले बताएका छन्।

5d3823f375800.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको