Like us!
Follow us!
Connect us!
Watch us!

हवाइ आक्रमणमा समूह कमाण्डरसहित तीन मारिए

रबिन दङगाल

मंगलबार, ०७ साउन २०७६, १५ : २२ मा प्रकाशित

हवाइ आक्रमणमा समूह कमाण्डरसहित तीन मारिए

अर्थ संसार, लासकार गाह- अफगानिस्तानको दक्षिण भागमा पर्ने हेलमाण्ड प्रान्तको मार्जा जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका इलाका लक्ष्यगरी गरिएको हवाइ आक्रमणमा एक समूह कमाण्डरसहित तीन तालिबान लडाकू मारिएका छन् ।  

अफगान सेनाले मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ ।  जारी विज्ञप्तिका यस हवाइ आक्रमणमा मारिएका तालिबान कमाण्डरको नाम फारिद रहेको जनाइएको छ  ।

प्रायःअशान्त अवस्थामा रहने हेलमाण्ड प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुर्नै टिप्पणी गरेका छैनन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको